- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै चोटी चार सय प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक यति धेरै संख्यामा प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको हो ।
प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूचीमा अनिवार्य अवकाश, बढुवा लगायत कारणले रिक्त रहेका दरबन्दीसहित देशभरका विभिन्न युनिटहरुमा प्रहरी निरीक्षकहरुको सरुवा गरिएको उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले यो सरुवा तथा पदस्थापन कार्यान्वयन गर्न भन्दै आफु मुनिका सबै निकायलाई चिठी समेत पठाईसकेको छ ।