arrow

च्याम्पियन्स लिग फाइनल : रियललाई रोक्न सक्ला लिभरपुलले ? 

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
cristiano-ronaldo-real-madrid.jpg

एजेन्सी। आज राति मध्यरातमा च्याम्पियन्स लिगको फाइनल खेल हुँदैछ। केइभमा हुन गइरहेको फाइनल खेलमा रियल मड्रिड र लिभरपुलको बीचमा खेल हुँदैछ। आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ। रियल मड्रिड यो खेल जित्दै आफ्नो इतिहासमा अर्को सफलताको सिँढी थप्न चाहन्छ भने रियललाई रोक्दै ऐतिहासिल जित हासिल गर्ने दाउमा लिभरपुल रहेको छ।

राती हुन गइरहेको फाइनल खेलमा लिभरपुलले जित हासिल गर्नका लागि विपक्षी टोलीका महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डोलाई रोक्नु सबैभन्दा ठुलो चुनौती हुनेछ। 

रोनाल्डो यो सिजनको च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले अहिलेसम्म १५ गोल गरिसकेका छन्। उनले पछिल्लो पाँच सिजनमा गोल्डेन बल जितिसकेका छन् र यो सिजनमा पनि यो उपाधि हासिल गर्ने लयमा देखिएका छन्। 

लिभरपुलसँगको जितसँगै रोनाल्डो फरक अवसरमा यो ट्रफी उचाल्ने खेलाडी बन्नेछन्। उनले यसअघि चार फाइनल खेलमध्ये तीनओटामा गोल गरेका छन्। यस किसिमको सफलता पाउने उनी एकमात्र खेलाडी हुन्। 

कसरी रोक्न सक्छ लिभरपुलले ?
“उनीहरुले बलमा लामो समयसम्म आफ्नो नियन्त्रण राखेर मात्र रियललाई रोक्न सक्छन्”, फुटबलर मार्क लरेन्सन भन्छन्। यो सबैभन्दा सामान्य कुरा हो तर रियल मड्रिडसँगको खेलको लागि यो महत्वपूर्ण सत्य पनि हो। 
टोलीका अन्य साथीहरुसँगको तालमेलको हिसाबमा यस वर्ष रोनाल्डोले झन् राम्रो प्रदर्शन पनि गर्दै आएका छन्। यस्तोमा रियल मड्रिडले लामो समय आफ्नो नियन्त्रणमा बल राख्न सकेको खण्डमा उसलाई रोक्नु कठिन हुन जान्छ। 

सन् २००५ मा लिभरपुलले च्याम्पियन्स लिग जित्दा गोल गार्दाका सहयोगी खेलाडी राफा बेनिटेज पनि लरेन्सनको यो कुरामा सहमत छन्। “रोनाल्डोलाई रोक्नका लागि उसलाई सहयोग गर्ने खेलाडीहरुलाई पनि रोक्नु जरुरी हुन्छ” उनी भन्छन्, “खेल जित्नु छ भने रोनाल्डोसम्म बललाई पुग्न दिनु हुँदैन।”

यसको अर्थ लिभरपुलको मिडफिल्ड सही अवस्थामा हुनु जरुरी हुन्छ। लिभरपुलले च्याम्पियन्स लिग जित्दाका कप्तान पछिल्लो समय रोनल्डोको प्रदर्शन उल्लेख्य रहनु पनि लिभरपुलको लागि एक समस्या रहेको स्वीकार गर्छन्। यस वर्ष रोनाल्डोले गोल पनि धेरै गरेका छन् भने गति पनि यसअघिको भन्दा तीव्र रहेको छ। 

लिभरपुलको लागि आजको खेलमा जित हासिल गर्नको लागि खेलमा पूर्णरुपमा ध्यान दिनु जरुरी रहेको विश्लेषकहरु बताउँछन्। ९० मिनेटसम्म क्रिस्टियानो रोनाल्डोका उसका डिफेन्डरहरुको परीक्षा लिनेछन्। लिभरपुलका लागि रियल मड्रिडका महत्वपूर्ण डिफेन्डर मार्सेलो अर्को एक समस्याको रुपमा उदाउन सक्छन्। यद्यपि मोहम्मद सलाहलाई पार लगाउनु पनि रियल मड्रिडको लागि त्यति सहज भने हुनेछैन। 

सलाह भएको लिभरपुलको टोली रियल मड्रिड बराबरको रहेको लरेन्सन बताउँछन्। रियल मड्रिडको खेल रोनाल्डोकै वरिपरी  घुम्ने भएकोले उनलाई रोकी खेलमा पूर्णरुपमा केन्द्रित रहेर प्रदर्शन गरेको खण्डमा लिभरपुलले रियल मड्रिडलाई समस्यामा पार्नसक्ने उनको भनाइ छ। 

शनिबारको खेलमा लिभरपुलका मिडफिल्डको जिम्मेवारी सम्हाल्ने जोर्डन हेन्डर्सन, गिनी विज्नाल्डम र जेम्स मिल्नरले लामो समयसम्म बल आफ्नो पकडमा राख्नुपर्ने लरेन्सनको बुझाइ छ। स्ट्राइकिङको भूमिकामा रहेका सलाह र स्याडियो माने रियल मड्रिका लागि समस्या बन्न सक्छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ