arrow

पेटेन्ट मुद्दामा सामसुङ दोषी ठहर, एप्पललाई ५३ करोड ९० लाख डलर बुझाउने

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
apple.jpg

एजेन्सी। अमेरिकी अदालतले सामसुङ कम्पनीलाई पेटेन्ट मुद्दामा दोषी रहेको ठहर गरेको छ। विहीबार अदालतले एप्पलको आईफोनको केही फिचरहरु कपी गरेको भन्दै सामसुङ कम्पनीलाई ५३ करोड ९० लाख अमेरिकी डलरबराबरको रकम बुझाउन निर्देशन दिएको हो। 

विश्वका प्रमुख स्मार्टफोन कम्पनीहरुको बीचमा लामो समयदेखि चलिरहेको पेटेन्टको मुद्दामा सामसुङ कम्पनी दोषी रहेको पाइएको हो। यी दुई कम्पनीहरुको बीचमा सन् २०११ देखि पेटेन्टको विषयलाई लिएर मुद्दा जारी रहेको थियो। 

यसअघि एप्पल कम्पनीलाई क्षतिको एक अर्ब पाँच करोड बुझाउनको लागि अदालतले निर्देशन दिएको थियो तर उनीहरुको मुद्दाको पूर्ण सुनुवाई भने भएको थिएन।

सामसुङ कम्पनीले एप्पलका विभिन्न पाँच किसिमको पेटेन्टको उलंघन गरेको पाइएको हो। जसमा तीन किसिमको पेटेन्टको उलंघनको लागि ५३ करोड ३३ लाख डलर बुझाउनका लागि निर्देशन दिइएको थियो भने बाँकी दुईको लागि बाँकी रकम तिर्नका लागि निर्देशन दिइएको हो।

एप्पल कम्पनीले न्याय दिएकोमा अदालतलाई धन्यवाद दिएको छ। उसले एक विज्ञप्ति जारी गर्दै यो मुद्दा पैसाभन्दा पनि ठुलो रहेको कम्पनीले बताएको छ।

सामसुङ कम्पनीले भने अहिले अदालतले दिएको निर्देशनमा असन्तुष्टि जनाएको छ। उसले एप्पललाई केवल दुई करोड ८० लाखको क्षति मात्र बुझाउनुपर्ने अवस्था रहेको बताएको छ। एप्पल कम्पनीले सबै आईफोनको नाफामा देखिएको क्षतिपूर्ति पाउनुपर्ने माग गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ