arrow

च्याम्पियन्स लिग: रोनाल्डो र सलाह बिचको टकराव, उपाधिमा रक्षापंक्तिको महत्वपुर्ण भूमिका

१९८१मा भएको युरोपियन फाईनलमा लिभरपुलद्वारा मड्रिडलाई पराजित

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
mohamed-salah-cristiano-ronaldo-shirts.jpg

काठमाडौं। युरोपको सबैभन्दा ठूलो क्लब फुटबल उपाधी च्याम्पियन्स लिग ट्रपीकालागि ईङलिश क्लब लिभरपुल र स्पेनी क्लब रिायल मड्रिड आमने समने हुँदैछन्। 

१२ पटकको बिजेता मड्रिड र ५ पटकको बिजेता लिभरपुलको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ। मड्रिडले यसअघि लगातार २ बर्ष उपाधि जितेको थियो भने ह्याट्रीक गर्ने दाउमा मड्रिड रहेको छ।

यसअघि च्याम्पियन्स लिगमा यि दुई टोली पाँच पटक भिडेका छन्। पाँचमा लिभरपुलले ३ र रियाल मड्रिडले २ खेल जितेका छन्। सन् १९८१मा भएको युरोपियन  फाईनलमा लिभरपुलले मड्रिडलाई पराजित गरेको थियो। 

सन् २००८-०९को च्याम्पियन्स लिगको पहिलो नक-आउट चरणमा लिभरपुलले दुई खेलमा दुवै खेल मड्रिडलाई हराएको थियो । सन् २०१४-१५मा मड्रिडले समुह चरणमा लिभरपुललाई २ खेलमै पराजित गरेको थियो। 

मड्रिडकालागि क्रिष्टियानो रोनाल्डोको खेलले ठुलो महत्व राख्नेछ। रोनाल्डो चले भने लिभरपुललाई गाह्रो हुने निश्चित रहेको छ। रोनाल्डोलाइ साथ दिन बेन्जेमा, ईस्को, बेल आदीको प्रदर्शनले पनि उत्तिकै महत्व राख्ने छ। 

९० मिनेटसम्म क्रिस्टियानो रोनाल्डोका उसका डिफेन्डरहरुको परीक्षा लिनेछन्। लिभरपुलका लागि रियल मड्रिडका महत्वपूर्ण डिफेन्डर मार्सेलो अर्को एक समस्याको रुपमा उदाउन सक्छन्। 

लिभरपुलका मोहम्मद सलाह जुन लयमा रहेका छन् उक्त लय रोक्न सर्जियो रामोश र कम्पनीलाई गाह्रो पर्ने देखिन्छ । सलाहलाई साथ दिने फर्मिनो र मानेलाई पनि मड्रिडका रक्षापंक्तिले रोक्नु पर्ने हुन्छ ।  

यद्यपि मोहम्मद सलाहलाई पार लगाउनु पनि रियल मड्रिडको लागि त्यति सहज भने हुनेछैन। सलाह भएको लिभरपुलको टोली रियल मड्रिड बराबरको रहेको लरेन्सन बताउँछन्। 

रियल मड्रिडको खेल रोनाल्डोकै वरिपरी  घुम्ने भएकोले उनलाई रोकी खेलमा पूर्णरुपमा केन्द्रित रहेर प्रदर्शन गरेको खण्डमा लिभरपुलले रियल मड्रिडलाई समस्यामा पार्नसक्ने उनको भनाइ छ। 

शनिबारको खेलमा लिभरपुलका मिडफिल्डको जिम्मेवारी सम्हाल्ने जोर्डन हेन्डर्सन, गिनी विज्नाल्डम र जेम्स मिल्नरले लामो समयसम्म बल आफ्नो पकडमा राख्नुपर्ने लरेन्सनको बुझाइ छ। स्ट्राइकिङको भूमिकामा रहेका सलाह र स्याडियो माने रियल मड्रिका लागि समस्या बन्न सक्छन्। 

युक्रेनको किभमा हुने खेलमा दुवै टोलीकालागि नयाँ मैदान हो। अधिकांश खेलाडीहरुसँग उक्त मैदानमा खेलेको अनुभव छैन। त्यसैले पनि खेल कस्को पक्षमा जान्छ भनेर यकिन गर्न सकिने स्थिती छैन्। 

अन्तिम पटक सन् २००५मा उपाधि जितेको लिभरपुल मड्रिडलाई स्तब्ध पार्ने योजना सहित मैदानमा उत्रने छ। 

मड्रिडसँग ठुला प्रतियोगिताको फाईनलको प्रेशर धानेको राम्रो र लामो अनुभव छ भने लिभरपुलसँग उक्त अनुभवको कमी देखीन्छ । यो सिजनको कुरा गर्ने हो भने मड्रिड ला-लिगामा तेस्रो भएको हो भने लिभरपुल प्रिमियर लिगमा चौथो भएको हो। 

मड्रिडका कोच जिदान र लिभरपुलका कोच क्लोप दुवै खेल रणनीतिमा माहिर मानिन्छन। दुवैले बिपक्षले बनाउन सक्ने संभावित रणनीतिका आधारमा बिभिन्न रणनीति बनाएर मैदानमा ओर्लने निश्चित रहेको छ। 

“उनीहरुले बलमा लामो समयसम्म आफ्नो नियन्त्रण राखेर मात्र रियललाई रोक्न सक्छन्”, फुटबलर मार्क लरेन्सन भन्छन्। यो सबैभन्दा सामान्य कुरा हो तर रियल मड्रिडसँगको खेलको लागि यो महत्वपूर्ण सत्य पनि हो। 
टोलीका अन्य साथीहरुसँगको तालमेलको हिसाबमा यस वर्ष रोनाल्डोले झन् राम्रो प्रदर्शन पनि गर्दै आएका छन्। यस्तोमा रियल मड्रिडले लामो समय आफ्नो नियन्त्रणमा बल राख्न सकेको खण्डमा उसलाई रोक्नु कठिन हुन जान्छ। 

सन् २००५ मा लिभरपुलले च्याम्पियन्स लिग जित्दा गोल गार्दाका सहयोगी खेलाडी राफा बेनिटेज पनि लरेन्सनको यो कुरामा सहमत छन्। “रोनाल्डोलाई रोक्नका लागि उसलाई सहयोग गर्ने खेलाडीहरुलाई पनि रोक्नु जरुरी हुन्छ” उनी भन्छन्, “खेल जित्नु छ भने रोनाल्डोसम्म बललाई पुग्न दिनु हुँदैन।” यसको अर्थ लिभरपुलको मिडफिल्ड सही अवस्थामा हुनु जरुरी हुन्छ।

दुवै टोलीले एक अर्काको रणनीति जति चाँडो बुझ्छन र त्यल्लाई तोड्न वा रोक्न सक्छन उपाधि त्यही टोलीको पोल्टामा हुनेछ। तर फुटबल हो जे पनि हुनसक्छ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ