- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले भिडयोको विषयवस्तुहरुको विषयमा अध्ययन गर्ने तथा छनोट गर्ने चिप्स निर्माण गर्ने भएको छ । शुक्रबार फ्रान्सको पेरिस सहरमा एक सम्मेलनमा बोल्दै फेसबुका एआई प्रमुख यान लेकुनले फेसबुकको योजना सार्वजनिक गरेका हुन् ।
परम्परागत हिसाबमा भिडियोहरुको विषयमा अध्ययन तथा अनुसन्धानमा धेरै समय तथा ऊर्जा खर्च हुने भएकोले यस किसिमको चिप्स निर्माण गर्न लागिएको हो । अघिल्लो महिनामा ब्लमवर्गले फेसबुक कम्पनीले आफ्नै सेमिप्रोसेसर निर्माण गरिरहेको विवरण सार्वजनिक गरेको थियो ।
फेसबुकले अहिले इन्टेलको कम्प्युटरको माध्यमबाट आफ्नो धेरै एआईका सेवाहरु प्रदान गरिरहेको छ । यस्तोमा फेसबुक नयाँ विशेष किसिमको चिप्स बनाउने योजनामा अघि बढेको हो । यसले भिडियोको माध्यमबाट कसैले आत्महत्याको प्रयास गरेको वा अन्य कुनै किसिमको हिंसाको प्रयास गरेको पनि छिटो पत्ता लगाउन सकिन्छ । साथै आतंकवादी गतिविधिहरुलाई बढावा दिने किसिमको कार्य गरेको खण्डमा पनि त्यसलाई पहिचान गरी हटाउन सकिने फेसबुकले बताएको छ ।
पछिल्लो समय व्यापकमात्रामा फेसबुकमा फोटो तथा भिडियोको क्रम बढेको अवस्थामा फेसबुकले उक्त विवरणहरुलाई सन्तुलनमा राख्नका लागि जीपीयू र एएमडी जस्ता प्रोसेसरको सहयोग लिँदै आएको छ ।
अहिले एप्पल, गुगल र अमेजनजस्ता कम्पनीहरु विशेष किसिमको चिप्सको सहयोगमा एआई सेवालाई थप विस्तार गर्ने दिशामा अघि बढिरहेका छन् ।