- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ। शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो। रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे। सादियो मानेले एक गोल फर्काए पनि लिभरपुललाई खेलमा फर्काउन पर्याप्त भएन।
हाफ टाइम निराशामा बितेको अवस्थामा ५१ औं मिनेटमा बेन्जेमाले गोलको खडेरीको डेडलक तोडेका थिए। त्यसको ४ मिनेटमै मानेले बराबरी गरे।तर ६४ औं र ८३ औं मिनेटमा बेलले गोल गरे। गोलकिपर लोरिस कारिउसले गरेका दुई ठूला गल्तीकै कारण रियालले शानसंग उपाधि उचाल्न पायो। बेलको ओभरहेड किक हेर्न लायक थियो। यो सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन्।
के के बनायो रियालले कीर्तिमान ?
रियाल सन् १९७५–७६ को सिजनपछि लगातार तीन पटक उपाधि जित्ने पहिलो टोली बन्न पुगेको छ ।
त्यो बेला जर्मन क्लब बार्यन मुनिखले लगातार तीन पटक उपाधि जितेको थियो ।
यो रियालको च्याम्पियन लिगको १३ औं उपाधि हो ।
च्याम्पियन लिगमा सबैभन्दा बढी उपाधि जित्ने टोली पनि रियाल मड्रिड नै बनेको छ ।