arrow

क्रिकेट म्याच फिक्सिङ, भारत–श्रीलंका र अष्ट्रेलिया–श्रीलंका छानबिनको घेरामा

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
icc.jpg

काठमाडौं । क्रिकेटमा म्याच फिक्सिङ प्रकरण तातिँदै गएको छ । भारत र श्रीलंकाबीचको खेल फिक्सिङ भएको चर्चा आएसंगै अष्ट्रेलिया र श्रीलंकाबीचको खेल पनि फिक्सिङको घेरामा परेको छ । 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले यसलाई जाँचको दायरामा ल्याएको छ । एक डकुमेन्ट्रीमा दावी गरिएको छ कि दुवै खेलमा फिक्सिङ भएको थियो ।

सन् २०१६ र सन् २०१७ मा खेलिएका दुई खेलमा खेल फिक्सिङ भएको बताइन्छ । सन् २०१६ मा श्रीलंका र अष्ट्रेलिया तथा जलाई २०१७ मा भएको भारत श्रीलंकाबीचको खेल फिक्सिङ भएको दावी गरिएको हो । अष्ट्रेलियासंगको खेलमा पिचको विषयमा फिक्सिङ भएको थियो । एक सट्टेबाजले पिचको हेरचाह गर्ने मानिसलाई घुस दिएको थियो । 

यो विषयमा आइसीसीले जाँच थालेको छ । आइसीसीले डकुमेन्ट्रीको विषयलाई लिएर गम्भीर जाँच हुने बताएको छ । डकुमेन्ट्रीमा मैदानको हेरचाहका लागि टेष्ट भन्दा पहिले नै पिचका बारेमा आरोप प्रत्यारोप गर्नेबारेमा टिम तयार थिए । पिचबारे प्रश्न उठाउन नै घुस दिइएको थियो । 

भारत र श्रीलंकाको खेलका लागि ब्याटिङ पिच बनाइएको थियो । पिचलाई जानिजानि कडा बनाइएको थियो । यसबाट सट्टेबाजलाई खुवै फाइदा भएको थियो । 
 

आइसीसीले म्याच फिक्सिङको प्रमाण जुटाइरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ