arrow

आइपीएलको फाइनल, चेन्नई र हैदराबादबीच परीक्षा, यस्तो छ आँकडा 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
chennai-haidarabad.jpg

काठमाडौं । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको ११ औँ संस्करणको उपाधि छिनोफानो आइतबार राति हुँदैछ । उपाधिका  लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच भिडन्त हुँदैछ ।

दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै हैदरावाद फाइनलमा पुगेको थियो भने पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै चेन्नई फाइनल पुगेको थियो ।

यसअघि चेन्नाईले दुई र हैदरावादले एक पटक आइपीएलको उपाधि जितिसकेका छन् । जारी प्रतियोगितामा चेन्नई र हैदराबाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नई विजयी भएको थियो ।

मुम्बईको वानखेडे मैदानमा बेलुकी सवा ७ बजेदेखि खेल सुरु हुनेछ । अहिलेसम्म हैदराबादसंग भएका ९ खेलमा दुई पटकमात्र चेन्नईले हारेको छ । 

महेन्द्र सिंह धोनी ८ पटक फाइनल खेल्दैछन् । यसअघि ६ पटक चेन्नईसंग र एकपटक धोनी राइजिङ पुने सुपर जाइन्टसंग खेलेका थिए । 

मुम्बईमा यसअघि खेलेका १२ खेलमा चेन्नईले ६ पटकमात्र जितेको छ । विभिन्न आँकडाहरुले यो फाइनल रोमाञ्चक हुनेछ । हैदराबाद बलरहरुमा टिकेको छ भने चेन्नईसंग अलराउण्डर बढी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ