arrow

रियाल मड्रिड छाड्ने संकेत गरे रोनाल्डोले 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
ronaldo16.jpg

काठमाडौं । पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले आफूले स्पेनिस फुटबल क्लव रियाल मड्रिड छाड्न सक्ने संकेत दिएका छन् । पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेसँगै रोनाल्डोले यस्तो संकेत गरेका हुन् । 

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले रियाल मड्रिडका लागि खेल्न निकै रमाइलो लागेको बताए । उनले यस विषयमा आगामी दिनमा कुरा हुने र त्यसपछि मात्र क्लबमा छाड्ने वा रहने भन्ने विषयमा निर्णय लिने बताए ।

अन्तर्वार्तामा क्लब छाड्ने विषयमा गरिएको प्रश्नमा उनले टोलीका सबै साथीहरुसँग आफूले रमाइलो गरिरहेको र अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा टोलीको जित रहेको बताए । 

भर्खरै टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकोले आफू अहिले खुसीमा केन्द्रित रहने र अबको केही दिनमा यस विषयमा मुख खोल्ने रोनाल्डोले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ