arrow

प्रदेश ५ को सय दिनको काम न हाँसको न कुखुराको चाल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ १३ आइतबार
province-5.jpg

बुटवल। प्रदेश नम्बर ५ को १ सय दिनको काममा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। रिपोटर्स क्लव नेपाल प्रदेश नम्बर ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कार्यको प्रतक्ष अनुभुति गर्न नपाएको बताए।  नेपाली कांग्रेस प्रदेश नम्बर ५ का संसदिय दलका नेता बलदेब शर्मा पोखरेलले सरकारले पाईला नै नचालेको बताए। 

प्रदेश सरकारले भएको पैसा खर्च गर्न नसकिरहेको अवस्थामा सरकारबाट अन्य आशा गर्न नसकिने बताए। उनले सरकारले केहि गर्ने अवस्थामा प्रतिपक्षिलाइ कुनै बेलामा पनि नसोधिएको बताउँदै मनपरि ढंगले अगाडि बढिरहेको बताए। राम्रो काम गरे सरकारलाइ साथ दिन आफुहरु तयार रहेको बताउँदै सरकार एकलौटी ढंगले अगाडि बढेको बताए। उनले सरकार तानासाहीढंगबाट अगाडि बढ्न खोजेमा आफुहरु जुनसुकै कदम चाल्न पनि तयार रहेको बताए। प्रतिपक्षले काम नगरेको भन्ने गुनासोमा उनले भने –‘खबरदारी हुन्छ,हामीले गरिरहेका छौँ, लौरो लिएर पिट्न जान त कुरा भएन नि।’

कार्यक्रमम बोल्दै नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले १ सय दिनमा नै बिरोध गर्नु बिरोधको लागी बिरोध मात्र रहेको बताए। उनले चिन्तन बिरोध नगरि आफ्ना कुरा राख्ने दरिद्र मानसिकता सबैले त्याग्नुपर्ने बताए। उनले सरकार शुन्यबाट शुरु गरेको बताउँदै बस्ने स्थान र मन्त्रालयको समेत सरकार आएपश्चात नै खोजेको बताउँदै कामको मुल्याङ्कन गर्नु उचित समय नभएको बताए।

सरकारका ८ बिधेयक पेश मध्य ४ पास, ४ पाइपलाइनमा रहेको बताउँदै आफुहरु बिकासको अबधारणा तयार गरिराखेको बताए। श्रोत साधन र पूर्वाधारका कारणले केहि कमी भएको स्वीकार्दै अब कार्यलाई तिब्रता दिने बताए। उनले जेठ २० देखि नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने बताए। 

कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरमका सांसाद सहश्रराम यादबले सरकार निर्माणको १ सद दिन पुग्दा सम्म सरकारलाई पूर्णता दिन नसक्नु समेत कमजोरी रहेको बताए। राजधानीको नाम राख्नको लागी तयार समेत नगर्नु नै लाचारीपना भएको बताए। न्युनतम समयका सजिला काम गर्न सरकारले सक्ने भएपनि सरकारले नगरेको बताए। एकलौटी र केन्द्रिकृत शासन मात्रै भएको बताउँदै उनले यो कार्य सुधार गर्नुपर्ने माग राखे।

पूर्व सांसद बिनोद पहाडीले प्रदेश सरकारले पाइलै नचालेको बताउँदै सबैभन्दा बढि अबसर रहेको यस प्रदेशमा सुरक्षा, महंगी नियन्त्रण लगायतका काममा सरकाल ठोस कदम नचालेको आरोप लगाए।

राजनितिक बिश्लेषक दिल शाहानीले नेपालमा कम्युनिष्टको सरकार बनेको नभई नाम कम्युनिष्ट गरेर दलाल पुजिबादीको सरकार बनेको बताए। अहिलेको सरकार बिदेशी शक्तीको आर्शिबादमा चल्ने दलाल शक्तिको सरकार भएको आरोप लगाए। समृद्धिको नारा बकबास भएको बताउँदै युवाशक्ति बिदेश हुँदा यसले देश समृद्व नहुने धारण राखे।  

प्राध्यापक सुर्दशन नेपालले सरकारका नीति  राम्रा भएको बताउँदै  कार्यान्वयन नभएको बताए। मुहान संलो भए पो पानी संलो आउने बताउँदै केन्द्र सरकारनै गोलमोल भएकाले प्रदेश सरकार पनि सक्षम नभएको बताए। राज्यको अनुभुत जनतालाई हुन नसकेको बताउँदै नारामा मात्र नभई ब्यवहार उतार्नु पर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले केहि अबधारणामा सरकार स्खलीत भएको बताउँदै, श्रमीक, ब्यबसायी, नागरिकले आफ्नो पक्षमा काम गर्यो भन्ने नदेखिएको बताए। शुरुको आशा क्रमश निराशामा परिणत भएको उनको भनाई छ। 

नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देही निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले सरकारको अनुभुति जनताले प्रतक्ष रुपमा गर्न नपाएको बताए। उद्योग वाणिज्य संघ बुटवलका बाणिज्य उपाध्यक्ष हरि अर्यालले सुशासन र सुब्यबस्था आएको अनुभुती हुने कार्य प्रदेश सरकारले नगरेको बताए। सरकारले शब्दमा सबै गरेको तर काम नगरेको बताए। लगानी मैत्री, ब्यबसाय मैत्री मार्गचित्र नआउँदा ब्यवसायहिरु सधै त्रासमय वातावरणमा रहनु पर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ