भिभोको फेस अनलकको सुविधासहितको नयाँ स्मार्टफोन सार्वजनिक
प्रकाशित २०७५ जेठ १३ आइतबार
400
Shares
एजेन्सी। भिभो कम्पनीले आफ्नो नयाँ स्मार्टफोन वाई८३ सार्वजनिक गरेको छ। कम्पनीले फेस अनलकको सुविधाहितको पी२२ चिपसेट प्रयोग गरिएको वाई ८३ स्मार्टफोन सार्वजनिक गरेको हो। अहिले सार्वजनिक गरिएको स्मार्टफोन चीनको अनलाइन स्टोरमा बिक्रीका लागि राखिएको छ। यसको मूल्य करिब दुई सय ३५ अमेरिकी डलर तोकिएको छ।
भिभोले सार्वजनिक गरेको यो स्मार्टफोनमा बेजल–लेस डिस्प्लेको प्रयोग गरिएको छ। यो स्मार्टफोन एन्ड्रोइड ८.० ओरियोमा आधारित रहेको छ। ड्युल सिम सापोर्ट गर्ने स्मार्टफोनमा ६.२२ इन्चको आईपीएस एचडी डिस्प्लेको प्रयोग गरिएको छ। भिभोको नयाँ प्रोसेसर यो स्मार्टफोनका लागि नै भनेर निर्माण गरिएको हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पनि सपोर्ट गर्छ।
नयाँ स्मार्टफोनमा चार जीबीको र्यामको प्रयोग गरिएको छ भने ६४ जीबीको स्टोरेज दिइएको छ। यसमा २५६ जीबीसम्मको माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ। भिभोको नयाँ स्मार्टफोनमा १३ मेगापिक्सलको रेयर क्यामेरा रहेको छ, जसले एलईडी फ्ल्यास दिन्छ। यसमा २.२ को अपर्चरको प्रयोग गरिएको छ। अगाडि भने आठ मेगापिक्सलको सेन्सर दिइएको छ।यसमा फिंगरप्रिन्ट स्क्यानर भने रहेको छैन। यसमा ३२६० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ।