arrow

आइपीएल क्रिकेटको ११ औं संस्करण चेन्नईलाई, फाइनलमा हैदराबाद कमजोर सावित

वाट्सनले बनाए नटआउट ११७ रन

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
chennai2.JPG

काठमाडौं । भारतमा भएको ११ औं संस्करणको आइपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । 

आइतबार राति मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले निराश पार्दै चेन्नईले उपाधि जितेको हो । 

खेलमा १७९ रनको विजयी लक्ष्य पाएको चेन्नईले १८.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो । म्यान अफ द फाइनल शेन वाट्सनले ५७ बलमा ११७ रन बनाएर चेन्नईलाई जिताए । वाट्सनले ८ छक्का र ११ चौका हाने । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको नोक्सानीमा १७८ रन बनायो । केन विलियमसनले ४७ तथा युसुफ खानले २५ बलमा नटआउट ४५ रन बनाए । 

यो जितसंगै चेन्नईले उपाधिमाथि ह्याट्रिक गरेको छ । हैदराबादले भने एक पटकमात्र उपाधि जितेको छ । यसपटक लिगमा सम्भव भएका चार वटै खेलमा हैदराबाद चेन्नईसंग पराजित भएको छ ।

बलिङ स्ट्रेन्थ भएको हैदराबादको बलिङले फाइनलमा हावा खाएको छ । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ