arrow

चेन्नईका पाका खेलाडीको कथा, औसत उमेर ३४ वर्ष  

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
iplt20.jpg

काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको ११ औं संस्करण जितेपछि खेलाडीहरुको अवस्था र स्थितिबारे चर्चा परिचर्चा हुन थालेको छ । 

चेन्नईमा युवा भन्दा पाका खेलाडी बढी छन् । आइपीएलको यही टिममा खेलाडीहरुको औसत उमेर ३४ वर्ष रहेको छ । 

११ मा ९ खेलाडीहरु त आफ्नो देशको राष्ट्रिय टिममै छैनन् । र पनि आइपीएलमा धुवाँदार प्रदर्शन गरे । 

फाइनलमा ५७ बलमा ११७ रन नटआउट बनाएका शेन वाटसन नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खेलाडी हुन् । उनी आइपीएलकै सबैभन्दा बढी उमेरका चौथो खेलाडी हुन् । 

बाँकी टिमका खेलाडीहरुको औसत उमेर २६ देखि २८ वर्षका छन् । 

वाटशन फाइनलमा रन पछ्याउने टिमले बनाएको यो पहिलो शतक हो । 

कप्तान महेन्द्र सिंह धोनीले उमेरको बारेमा खुवै चर्चा हुने तर सबैभन्दा ठूलो कुरा फिटनेशको भएको बताए । 

चेन्नईले तेस्रो पटक आइपीएल उपाधि जितेर मुम्बई इन्डियन्ससंग बराबरी गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ