वर्ल्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

प्रकाशित मिति : २०७५ जेठ १४ सोमबार

काठमाडौं– विश्वकप फुटबल २०१८ नजिकिएका बेला वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । सो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउने कम्पनिले जनाएको छ । नेट टिभीबाट ग्राहकहरुले फूल हचडी च्यानलबाट विश्वकप खेल हेरेर आनन्द लिन सक्ने छन् ।

वर्ल्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेट टिभि निशुल्क पाउने छन् ।

एकबर्षको प्याकेज खरिद गर्दा ५०० डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नु पर्छ । पहिल्यै वर्ल्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेटटिभिको अबसरको रुपमा रहेको छ । यस्तै नेटटिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३५० रुपैयाँ, ६ महिनाको १००० रुपैयाँ र एक बर्षको ३४०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

 वर्ल्डलिंक नेपालमा दु्रत गतिको इन्टरनेट, आइपि टिभी (नेटटिभी) र डाटा सेवा प्रदायक संस्था हो । यसले मुलुकका ६५ भन्दा बढी जिल्लामा २ लाखभन्दा बढी सन्तुष्ट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।   

 

 

 

नयाँ