arrow

क्रिकेट उपकप्तान ज्ञानेन्द्र मल्ल इ–सेवाको ब्राण्ड एम्बेसेडर

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
gyanendra-esewa.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल इ–सेवाको ब्रान्ड एम्बेसडर बनेका छन् । ज्ञानेन्द्र पेमेन्ट गेटवे  इ–सेवासंग जोडिएका हुन् । 

ज्ञानेन्द्र र एफ वोन सफ्टका अध्यक्ष विश्वास ढकालले राजधानीमा सोमबार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 सम्झौता रकम सार्वजनिक नगरिए पनि ज्ञानेन्द्र एक वर्ष सम्म इ–सेवाको ब्रान्ड एम्बेसडर रहने बताइएको छ । नेपाली क्रिकेटमा विभिन्न रुपले जोडिँदै आएको इ–सेवाको स्टिकर ज्ञानेन्द्रले एक वर्षसम्म ब्याटमा प्रयोग गर्नेछन् । 

उनले इ–सेवालाई धन्यबाद दिएका छन् । ज्ञानेन्द्रले आउने दिनमा अन्य कर्पोरेट संस्थाहरुले खेलाडीसँग सहकार्य गर्दै जानका लागि पनि आग्रह गरेका छन् । 

इ–सेवाले यसअघि क्रिकेट खेलाडी प्रदीप ऐरी, अभिनाश कर्ण, मेहबुब आलमसँग पनि सहकार्य गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ