arrow

गणतन्त्र दिवसलाई गुगलले आफनो होमपेजबाट सम्मान

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
googl-nepal-republic-day-2018.jpg

काठमाडौं। विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई मनाउँदै आफनो होमपेजमा सम्मान ब्यक्त गरेको छ। देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा राख्ने गर्छ। जसलाई गुगल डुडल पनि भनिन्छ। नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले तेस्रो पटक आफनो सर्च इन्जिनको होमपेजमा हिमाल र ध्वजापताकाको चित्र राख्दै नेपाल प्रति सम्मान प्रकट गरेको छ। 

यसमा हिमालले सगरमाथाको प्रतिनिधीत्व गर्नेछ भने ध्वजापताकाले बौद्ध धर्म र भगवान बुद्धलाई स्मरण गराएको छ। सगरमाथा र बुद्ध नेपाललाई विश्वमै चिनाउने माध्यम रहेका छन्। यसअघि अघिल्ला वर्षमा आफनो सर्च इन्जिनको होमपेजमा कहिले डाफे त कहिले स्वयम्भ“, पशुपतिनाथ र मैनबत्तिको बिशेष आकृति राख्दै गुगलले नेपालप्रति सम्मान प्रकट गरेको थियो। 

गुगलले आफ्नो ब्लग पोष्टमा एक दशक लामो विद्रोह र आन्दोलनपछि सन् २००८ मे २८ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो! वर्षपछि नेपाल शान, शान्ति र अधिकारको अन्तराष्ट्रिय प्रतिक बनेको उल्लेख गरेको छ। गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई आफु बिश्वका लागि प्रेरणा बनेको महसुस गराउने बिश्वास ब्यक्त गरेको छ।  नेपालीहरुको उच्च लगनशीलताले हामी सवैको मार्गमा प्रकाश छर्ने गुगलले विश्वास लिएको छ।

नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन्। प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ