arrow

बजेटको आकार कतै चुहाएनन् अर्थमन्त्रीले , सिधै संसद छिरे

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
khatiwada2.JPG

काठमाडौं । सरकारले आउने आर्थिक वर्ष २०७५–०७६ को आय व्ययको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गरेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट भाषण गरे ।

यसअघि मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५–०७६ सालको बजेट पारित गर्‍यो । तर, अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद बैठकमा बजेटको आकार खुलाउन मानेनन् ।  

उनले बजेटको आकार नखुलाए पनि १३ खरबभन्दा माथिको बजेट आउने कुरा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनायाे । 

तत्कालीन वाम गठबन्धनको चुनावी घोषणा पत्रबाट निर्देशित बजेटमा आर्थिक सम्वृद्धिलाई केन्विन्दुमा राखेर स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधारको कार्यक्रम बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ