arrow

छोरा बुहारीबाट पिडित अंसारी दम्पति न्याय माग्न नगरपालिकामा

logo
मुकेश यादव,
प्रकाशित २०७५ जेठ १५ मंगलबार
ansari.jpg

बारा । महागढीमाई नगरपालिका १० का गंजभवानीपुर निवासी छोरा बुहारीबाट पिडित भएका अंसारी दम्पति न्याय मांग्न मंगलबार नगरपालिकामा आएका छन ।  गंजभवानीपुर निवासी ७६ वर्षिय बृद्ध मंसुर मिया अंसारी र उनकी श्रीमति ७० वर्षिय मोसलमा खातुन न्याय मांग्न महागढीमाई नगरपालिकाको न्यायिक समितिमा निवेदन दर्ता गराएका छन ।

आफ्नो जेठो छोरा कलिमुल्लाह अंसारी छोरा बुहारीले पटक पटक कुटपिट गरेपछि न्याय माग्न नगरपालिकामा आएको दम्पति परिवारले गुनासो गरे । आफ्नो लागि शौचालय बनाउन थालेपछि छोरा र बुहारी मिलेर शौचालय बनाउन नदिएको अंसारीले गुनासो गरे । छोराले शौचालय बनाउन नदिएपछि प्रहरी चौकी गन्जभवानीपुरमा पुगेर शौचालय बनाउन नदिएको गुनासो गर्दा प्रहरी चौकिका ईन्चार्जले घटनास्थलमा आएर शौचालय बनाउनमा प्रहरीले समेत रोक लगाएको गुनासो गरे ।

 प्रहरीले पनि शौचालय निमार्णमा रोक लगाएपछि विग्रेर भत्केको अवस्थामा रहेको पुरानो शौचालयलाई मर्मत संभार गराई प्रयोग गर्ने गरेको अंसारीले बताए । बोल्न नसक्ने आफ्नो छोरीलाई समेत छोरा बुहारीले कुटपिट गर्ने गरेको गुनासो सुनाउंदै शान्ति सुरक्षाको लागि नगरपालिकामा आएर निवेदन दिएको पिडित अंसारी दम्पतिले बताए । छोरा बुहारी मिलेर आफनो खपडाको घर (छाप्रो) को एउटा टाटी तोडेर हटाएपछि पुनः प्रहरी चौकी गन्जभवानीपुरमा पुगेर गुनासो गर्दा प्रहरीले केही पनि नगरेको गुनासो गरे ।

घरको टाटी तोडेर आएपछि घरमा धुलो र पानी पस्ने गरेको अंसारीले गुनासो गरे । उल्टैमा चौकीका ईन्चार्ज राजेन्द्र कुमार चौधरीले उल्टै हप्काएर जिल्ला प्रहरी कार्यालय जान भनेको अंसारीले गुनासो गरे । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखले गांउ गांउमा पुगेर बृद्धबृद्धाहरुसंग भेटघाट गरी अप्ठयाराहरुको बारेमा गुनासो सुनि रहंदा न्याय मांग्न गएको बेला प्रहरी चौकी गन्जभवानीपुरका ईन्चार्ज चौधरीले हप्काएर पठाएका छन ।

चौकी ईन्चार्ज चौधरीले आफुले बृद्धबृद्धा र अन्य कोहीलाई पनि नहपकाएको बताए । महागढीमाई नगरपालिकाका न्यायीक समितिका अध्यक्ष एवम नगर उप–प्रमुख तारादेवी कानुले बृद्धबृद्धा अंसारी दम्पतिले दिएको निवेदनको आधारमा छोरा, बुहारी लगायतकाहरुलाई उपस्थित गराउनको लागि प्रहरी चौकी गन्जभवानीपुरमा पत्राचार गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ