भारतीय प्रधानमन्त्री मोदी मे २९ देखि तीन देशको पाँच दिने भ्रमणमा
प्रकाशित २०७५ जेठ १६ बुधबार
566
Shares
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गरेका छन्। उनले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लागेको जनाइएको छ। मंगलबारबाट सुरु भएको यस भ्रमणको क्रममा मोदी सुरुमा इन्डोनेसिया पुग्नेछन्।
इन्डोनेसियामा रहँदा उनले द्विपक्षीय हितका विविध विषयमा वार्ता गर्नुका साथै विविध विषयमा दुई देशका बीचमा सम्झौता पनि गर्ने बताइएको छ। इन्डोनेसियाको दुइदिने भ्रमणपछि उनी सिङ्गापुरमा एक दिन रहनेछन्। त्यसैगरी अर्को छिमेकी देश मलेसियामा उनको दुई दिनको भ्रमण हुनलागेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ। रासस-सिन्ह्वा