arrow

भारत र पाकिस्तानका क्रिकेट खेलाडीहरु एउटै ड्रेसिङ रुममा, साथमा सन्दीप लामिछाने 

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
cricket-world11.jpg

काठमाडौं । इंगल्याण्डको लर्डसमा बिहिबार हुन लागेको मैत्रिपूर्ण क्रिकेट (हुरिकेन रिलिफ टी–२० च्यालेन्ज म्याच) ले भारत र पाकिस्तानजस्ता दुई राष्ट्रका खेलाडीहरुले ड्रेसिङ रुम सेयर गर्न लागेको प्रति अन्तर्राष्ट्रिय क्रिकेट जगतले खुशी ब्यक्त गरेको छ । 

विश्व ११ र वेष्ट इन्डिजबीच बिहिबार मैत्रिपूर्ण क्रिकेट हुन लागेको हो । विश्व ११ का तर्फबाट भारतीय र पाकिस्तानी खेलाडी पनि रहेका छन् । 

विश्व ११ का प्रशिक्षक एन्डी फ्लावरले ‘हामीसंग पाकिस्तानी र भारतीयहरुले ड्रेसिङ रुम सेयर गर्दैछन्’ भनेका छन् ।

यो खेलले वेष्ट इन्डिजका मैदान पुननिर्माण गर्न सघाउ पुग्ने भए पनि  त्यो भन्दा बढी भारत र पाकिस्तानका खेलाडीहरु एउटै टिमबाट खेल्नुलाई प्राथमिकता दिइएको छ । 

भारत र पाकिस्तानबीचको सम्बन्ध जहिल्यै चिसो छ । छिमेकी राष्ट्र भए पनि चिसो सम्बन्धका कारण विश्व क्रिकेटमा पनि महत्व राख्ने गरेको छ । 

दुई राष्ट्रबीचको क्रिकेट राजनीति झनै सशक्त छ । 

विश्व ११ बाट भारतबाट दिनेश कार्तिक र हार्दिक पाण्डेया रहेका छन् भने पाकिस्तानबाट शहिद अफ्रिदी र सोएब मल्लिक रहेका छन् । 

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पनि विश्व ११ मा रहेका छन् । उनी मंगलबार राति कतार एयरवेजबाट युके लागेका थिए । भारतमा भएको आइपीएलको ११ औं संस्करणमा दिल्ली डेयर डेभिल्सबाट खेलेका सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए । 

विश्व ११ टिम – ओइन मोर्गान (कप्तान), दिनेश कार्तिक, मिचेल म्याकक्लेघान, हार्दिक पाण्डेया, थिसरा परेरा, रसिद खान, लुक रोन्ची, शहिद अफ्रिदी, सोएब मल्लिक, तमिम इक्वाल र सन्दीप लामिछाने । 

खेल लर्डसमा बिहिबार राति १०ः४५ बजे सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ