arrow

राजनीति सफा नभइ कर्मचारी सफा हुँदैनन् –विमल कोइराला

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
bimal-koirala.jpg

काठमाडौं । पूर्व मुख्य सचिव विमल कोइरालाले राजनीति सफा नभइ कर्मचारी सफा नहुने बताएका छन् । 

उनले राजनीति मुहान भएकाले मुहान सफा नगरेसम्म कर्मचारीतन्त्र पनि फोहर भइरहने बताए । 

उनले कर्मचारीलाई राजनीतिक रुपले हेरियो र कार्यकर्ता बनाइयो भन्दै यसलाई सफा गर्नुपर्ने पनि बताए । 

पूर्व मुख्य सचिव कोइरालाले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–२०७६ को बजेट पुरानै शैलीको ढर्रा भएको पनि बताए । 

सुशासन, आर्थिक सुधार र पुँजीगत सुधारका कुरा नभएसम्म कुनै सुधार नआउने पनि उनले बताए । 

उनले सरकरले आर्थिक वृद्धिदर ८ प्रतिशत राखेर मात्र हुँदैन त्यो कसरी पुग्छ भन्ने उल्लेख गर्न नसकेको आरोप पनि लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ