arrow

सेरेना विलियम्सको सेक्सी अवतार, ५०० दिनपछि कोर्टमा, नाडालको राज फेरि

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
serena.jpg

काठमाडौं । २१ औं शताब्दीकी सर्वाधिक ग्राण्डस्लाम विजेता अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले ग्राण्डस्लाममा कमब्याक गरेकी छिन् । वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनबाट सेरेनाले झण्डै ५०० दिनपछि कमब्याक गरेकी हुन् । 

पेरिसमा सुरु भएको फ्रेन्च ओपनको पहिलो खेलमा सेरेनाले चेक रिपब्लिककी क्रिस्टेना प्लिस्कोभालाई २–० को सोझो सेटमा हराइन् । 

३६ वर्षीया सेरेनाले प्लिस्कोभालाई ७–६ र ६–० ले पराजित गरिन् । 

सेरेना बच्चाको आमा बनेपछि पहिलो पटक ग्राण्डस्लाममा उत्रेकी हुन् । उनी गर्भवती भएदेखि अहिलेसम्म ५०० दिन कोर्टबाट टाढा भइन् । 

Serena Williams made an emphatic return to the court with victory over Kristyna Pliskova

Williams congratulated her opponent after getting the better of her at Roland Garros

Williams proved her class still endures after coming back to the court in winning fashion

Williams with her daughter Alexis Olympia Ohanian in an image posted to her Instagram

यस्तै, अर्को खेलमा पूर्व च्याम्पियन रसियन खेलाडी मारिया सारापोभाले पनि दोस्रो चरणमा स्थान बनाइन् । 

उनले रिचेल होगेनकाम्पलाई ६ – १, ४– ६ र ६ – ३ ले हराइन् । 

Maria Sharapova turned on the power to avoid a shock loss against Richel Hogenkamp in Paris

Russian icon Sharapova was given a much tougher match than many had been expecting

पुरुषतर्फ विश्व नम्बर १ स्पेनिस खेलाडी रफायल नाडालले सिमोन बोलेलीलाई ३ –० को सोझो सेटमा पाखा लगाउँदै अर्को चरणमा प्रवेश गरे । नाडाल अब निरन्तर १ नम्बरमै रहने लक्ष्यसहित खेलिरहेका छन् । उनी गतहप्तामात्र १ नम्बरमा आएका थिए । नाडाल लामो समयपछि  पुनः १ नम्बरमा आएका हुन् । 

Spain's Rafael Nadal celebrates after beating Italy's Simone Bolelli in the French Open

Nadal saved four set points in a thrilling third-set tie-break to finally seal the win

World No 129 Simone Bolelli made life tough for Nadal in the first round of the tournament



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ