arrow

कैलालीमा पेट्रोलियम पदार्थको हाहाकार, कालोबजारी मौलायो

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ १६ बुधबार
petrol-pump.jpg

कैलाली लम्की ।  सात नम्बर प्रदेशको कैलालीमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ  । पेट्रोल पम्पमा करीब ७-८ दिन देखि तेल नआउदा उपभोक्ता मारमा परेका हुन । पेट्रोल पम्पमा पेट्रोल नभएपनि बजारमा भने दोकानै पिच्छे पेट्रोल कालोबजारीमा बिक्रि वितरण हुदै आएको छ ।

 पम्ममा १ सय ८ रुपैयामा पाईने पेट्रोल जिल्लाको लम्की, चिसापानी, बलिया, भल्का, मोतिपुर, टीकापुर, सुखड्, चिसापानी लगायतका बिभिन्न ठाउ“मा कालोबजारी बाट किराना पसल बाट प्रति लिटर १ सय ४० रुपैया तिरेर मोटर साइकल चलाउन स्थानिय बाध्य भएका छन ।

बजारमा रहेका पेट्रोल पम्पमा कपडा ओठाएर बन्द राखेपछि स्थानिय कालोबजारी किराना पसलमा राखिएको प्रतिलिटर १ सय ४० रुपैया तिरेर किन्न बाध्य भएका छन ।  शान्ति पेट्रोल पम्प बलियाका सञ्चालक रामेश्वर चौधरीले भने करीब एक साता देखि पेट्रोल पम्पमा पेट्रोल नआए पछि तेलको हाहाकार भएको बताए । तेल भएको बेला समेत यस क्षेत्रका केहि ब्यापारीले समेत ड्रममा तेल भरेर लिने गरेको बताउदै, नदिए एकै मोटर साईकलमा समेत दिनको २-३ पटक आएर भरेर लिने गरेको गुनासो गरे। आफु पेट्रोलको खुद्रा ब्यापारी भएकाले कसैलाई नाई भन्न नसकिने भन्दै त्यसमा प्रशासनले कालोबजारी नियन्त्रणको लागि पहल गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रहरीले भने बजारमा पेट्रोलीयम पदार्थको कालो बजारी भैरहेको स्वीकार्दै त्यसमा आफुले कडाई गर्ने बताए । आफुले बजार अनुगमन जारी राखेको बताए पनि बजारमा भने खुल्लेयाम रुपमा कालो बजारी भैरहेको स्थानियको आरोप छ । प्रहरीलाई कालोबजारीमा संलग्न भएका स्थानियको पहिचान भएको भएपनी कारबाहि भने कहिल्यै गरेको देखिदैन । तर प्रहरीले भने कालोबजारी गर्नेलाई कारबाहि गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ