पाल्पा । सरकारले मंगलबार सार्वजानिक गरेको बजेटमा पाल्पालाई २ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटेको हो ।
सार्वजनिक गरिएको बजेट अन्तर्गत तानसेन नगरपालिकामा ४४ करोड ९१ लाख रुपैयाँ र रामपुर नगरपालिकालाई ३५ करोड ४१ लाख रहेको छ । यस्तैगरी बगानसकालि गाउँपालिकाको लागि २३ करोड ४८ लाख, रिव्दीकोटमा २२ करोड ८२ लाख, रैनादेवी छहरामा २८ करोड ३८ लाख, पूर्वखोलामा २० करोड ३८ लाख, माथागढीमा २३ करोड ५८ लाख, निस्दीमा २४ करोड, ८ लाख, रम्भामा २० करोड ५९ लाख र तिनाउ गाउँपालिकाका लागि २० करोड ४ लाख रुपैयाँ विनियोजन भएको छ ।
वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी दुई वटा शिर्षकमा मात्र बजेट आएको छ । यही बजेटभित्र स्थानीय तहले आफैँ शीर्षक बनाएर बजेट छु्ट्याउने छन् ।