arrow

सिरक–डसना उद्योगमा आगलागी, लाखौँको सामग्री जलेर नष्ट

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
fire-industry.jpg

दाङ। दाङको तुलसीपुर–९ स्थित राजु तामाङको दोघरे सिरक–डसना उद्योगमा आज साँझ भीषण आगलागी भएको छ। उद्योगमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको थिए।

आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। विद्युत् चुहिएर फैलेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चापदार्थ, कपास, मेशिन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकिया लगायतका लाखौँ मूल्य पर्ने सामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएको छ।

उद्योगमा आगलागीको घटना भएलगत्तै स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

प्रारम्भिक जानकारीअनुसार करीब रु ३५ लाखको क्षति भएको र अझै विस्तृत विवरण आउँन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ