arrow

रोनाल्डोका प्रशिक्षकले क्लब छाडे, ‘सन्यास वा फ्रेन्च टोली सम्हाल्ने नयाँ जिम्मेवारी’

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
Zidane.jpg

काठमाडौं । रियाल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले रियाल मड्रिड छोडेका छन् ।च्याम्पियन्स लिग जिताएको पाँच दिनमै उनले अकस्मात यस्तो निर्णय सुनाएका हुन् । विहीबार उनले आश्चर्यजनक रुपमा पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । 

च्याम्पियन्स लिगको आधा सिजन हुँदा जनवरी २०१६ मा उनी क्रिश्चियानो रोनाल्डो भएको टोलीरियाल मड्रिड आएका थिए । उनले तीन वर्षको कार्यकालमा च्याम्पियन्स लिगकै लगातार तीन उपाधि दिलाए । 

त्यति मात्रै होइन, गएको सिजन ला लिगाको उपाधि दिलाए भने, सुपरकप एउटा र फिफा क्लब वल्र्डकपको दुई वटा उपाधि दिलाए । उनी सफल प्रशिक्षक मात्रै होइनन् । सफल खेलाडी पनि हुन् । उनी खेलाडी हुँदा १९९८ फ्रान्सले विश्वकप उचाल्यो । 

विहिबार रियालको ग्राउण्डमा गरिएको पत्रकार सम्मेलनमा जिदानले यो निर्णय केही मानिसहरुका लागि आश्चर्यपूर्ण रहेको भए पनि आफ्ना लागि सही समय रहेको बताए । 

अहिले क्लब पनि सही ठाउँमा आइपुगेको छ, उनले भनेका छन्, ‘आफूले काम सुरु गरेको पनि तीन वर्ष भएकोले क्लबलाई नयाँ दिशा दिन पनि केही परिवर्तन जरुरी छ ।’

रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदान आफ्नो क्लबमा सधैं रहेको आफूले हेर्न चाहेको तर उनको यो अन्तिम निर्णय रहेकोले यसमा परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिए । 

४५ वर्षीय प्रशिक्षक जिदानले आफूले रियाल मड्रिड छाडेपनि अर्को कुनै क्लबमा भने आवद्ध हुने योजना नरहेको बताए । उनले आफूले अब फुटबलबाट सन्यास लिनसक्ने बताए । यद्यपि, कतिपयले उनले अब आफ्नै मुलुक फ्रान्सको राष्ट्रिय फुटबल टोली सम्हाल्न सक्ने अड्कल काटेका छन् । जिदानले राष्ट्रिय टोली सम्हाल्ने संकेत भने पत्रकार सम्मेलनमा गरेनन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ