arrow

आईसीसीको एक दिवसीय वरियतामा पर्‍यो नेपाल

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
nepali-cricket-team-new-.jpg.jpeg.jpeg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ ।

आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पुर्‍याएको छ । नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गरेको छ ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ