बझाङ। जयपृथ्बी राजमार्ग सडकको स्तरोन्नती नभएको, दिन प्रतिदिन सडक बिग्रिदै गएको र दुर्घटनाको उच्च जोखिम भएको भन्दै यातायात ब्यबसायीहरुले लामो दुरीका यातायातका साधनहरु ठप्प पारेको छन्।
यातायात व्यबसायीहरुले सदरमुकाम चैनपुर नजिकैको सिमखेतबाट चल्ने लामोदुरिका बसहरु झण्डै ४८ किलोमिटर बागथलाबाट मात्र चलाउने भन्दै लामो दुरीका यातायातका साधनहरु सिमखेतबाट बागथलासम्म ठप्प पारेका हुन्।
ओटासिल भएको झण्डै दुई बर्ष बित्न लाग्दा सड्कको ठाँउ ठाँउमा खाल्डाहरु र साना तिना पहिराहरुले सड्क ठाँउ ठाँउमा अबरुद्ध हुने गरे पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै बागथालाबाट मात्र चलाउनु परेको ब्यबसायिहरुको भनाई छ। सडकको अबस्था एकदमै नाजुक छ सुदुरपश्चिम टिकट काउन्टरका कर्मचारी जिबन खड्काले भने यस्तो सडकमा जोखिम मोलेर ल्याउन पर्छ कतै बस दुर्घटना भयो भने कसले जिम्मेवारी लिने? उनले भने लामो समय भै सक्यो सडक मर्मत गर्न कसैले ध्यान दिएको देखिएन् र बागथलाबाट मात्र सडक अनुमती भएकाले बागथलाबाट चलाउने बताए। यसरी यातायातका साधनहरु चैनपुरबाट बागथलासम्म बन्द गरिए पछि स्थानिय यात्रुहरु बिच बाटो मै अलपत्र परेका छन्।
सदरमुकाम चैनपुर लगायत जिल्लाका अन्य ठाँउ बाट जाने यात्रुहरु लाई समेत पिडा भएको छ। लामो यात्रा गरि अएका यात्रुहरु बिच बाटोमा एक्कासी अलपत्र परेका हुन्।
गाँउ गाँउमा डोजर लगाई ग्रामिण सडकहरु धमाधम निर्माण भएपछि अलि अलि पानी पर्यो की माथीको ढुङ्गा माटो बगाएर जयपृथ्बी राजमार्गमा आउदा सड्क अबरुद्ध हुने गरेका स्थानिय बासीको भनाई छ। गाँउ गाँउमा ग्रामिण सडक बनाउने होडबाजी चलेको छ त्यही सड्क निर्माण गर्दा थुप्रेको माटो अलि अलि पानि आउँदा पनि बगाएर ल्याई हाल्छ स्थानियबासी राजेन्द्र जोशीले भने सड्कको अबस्था एकदमै नाजुक रहेको छ।
जोशीले थपे दिन प्रतिदिन सुबिधायुक्त डिलक्स गाडीहरु यस सडकमा गुड्ने भएपनि बाटो साँघुरो भएका कारण र त्यसै माथी पहिरा तथा माटोले सडकको सतह नै बिग्रेका कारण यात्रुहरुले समेत जोखिमपुर्ण यात्रा गर्नु पर्ने अबस्था छ। जिल्लाको एक मात्र जयपृथ्बी राजमार्गको यस्तो अबस्था भएको भएपनि सम्बन्धित निकायले वास्ता नगर्दा सड्कको अबस्था दिन प्रतिदिन नाजुक बन्दै गएको हो।
राजमार्गको ठाँउ ठाँउमा पहिराहरु गएका छन् जोखिमै मोलेर भएपनि बस त पास हुन्छन् तर बाटो जोखिमयुक्त छ। स्थानिय बिरेन्द्र सिंहले भने गाडी ठूला भए बाटो साधुरो भयो साईड दिन पनी साह्रै गारो हुदो रहेछ। यसरी यातायात ब्यबसायी हरुले यातायातका साधनहरु ठप्प गरे पछि यता जिल्ला प्रशासन कार्यालयले भने आक्रोस पोखेको छ।
यातायात ब्यबसायिहरुले यसरी बिना जानकारी यातायातका साधन ठप्प गर्नु गैर जिम्मेवारी भएको आरोप लागेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुबरले भने यही बन्द नै गर्नु थियो भने पहिला आफ्ना मागहरु के के हुन ती लिएर आए जिल्ला प्रशासनमा छलफल तथा बार्ता गरेर भएपनि समाधान निकाल्न सकिन्थ्यो।
यातायात ब्यबसायीका मागप्रति अनबिज्ञ भएको बताउदै यातायात ब्यबसायी समितीहरुसंग कुरा गर्दा उनिहरुको पनि संलग्नता छैन् सबै यातायात ब्यबसायीहरु मोबाईल अफ गरेर बसेका छन् प्रजिअ कुबरले भने प्रहरीलाई खबर गरिसकेको छौ उनिहरुलाई समेत बोलाएर बार्ता गर्छौ।