arrow

काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
nepal-airlines.jpg.jpeg

ताप्लेजुङ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ। यसअघि पाँच हजार ३ सय ३० भाडादर रहेकामा अहिले एक हजार ८ सय ६५ बढाएर सात हजार एक सय ९५ पुर्याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए। एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ। निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्रि आएको राईले बताए।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ। प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ। यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो। अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ