arrow

स्मार्टफोन अत्यधिक तात्छ भने यसो गर्नुहोस् 

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
solve-smartphone-overheating.jpg

एजेन्सी। अहिले विश्वभरमा सबैभन्दा बढी प्रयोग हुने डिभाइस स्मार्टफोन हो। अत्यधिक स्मार्टफोन प्रयोग गर्दा स्मार्टफोनहरु तातो हुने गर्छन्। जसको कारण स्मार्टफोनको ब्याट्रिको काममा पनि असर पुग्ने गर्छ। धेरै चार्ज गर्नाले पनि स्मार्टफोन धेरै तातो हुनसक्छ। स्मार्टफोनलाई धेरै तातो हुनबाट बचाउनका लागि निम्न टिप्सहरुको प्रयोग गर्न सकिन्छ :- 

१. अनावश्यक फोटो-भिडियो हटाउनु 
सबैभन्दा पहिले आफ्नो स्मार्टफोनलाई सही अवस्थामा राख्नका लागि अनावश्यक भिडियो, फोटो वा एप्लिकेसनहरु हटाउनु जरुरी हुन्छ। अत्यधिक फाइलहरु हुने गरेका कारण स्मार्टफोन चार्ज हुन बढी समय लाग्नसक्छ, जसकोकारण स्मार्टफोन तात्न पुग्छ।

२. नियमित एप अपडेट 
आफ्नो स्मार्टफोनमा रहेका सबै एपहरु समयसमयमा अपडेट गरिरहनु जरुरी हुन्छ। केही पनि एप्लिकेसनमा कुनै किसिमको समस्या पाइएमा यस किसिमको एप्लिकेसनको अपडेटले हल हुनसक्छ। साथै यसले स्मार्टफोनको क्षमता पनि बढ्छ। 

३.  ब्याट्री परिवर्तन 
समयसमयमा आफ्नो मोबाइलको ब्याट्री चेक गर्नु पनि जरुरी हुन्छ। धेरै पुरानो ब्याट्री छ भने त्यसलाई परिवर्तन गर्नु राम्रो हुन्छ। पुरानो ब्याट्रीले चार्ज हुन लामो समय लिन्छ, फलस्वरुप मोबाइल तात्ने समस्या बढी हुन्छ।

४. चलिरहेका एपहरु बन्द गर्नु 
बाहिर जाने समयमा आफ्नो मोबाइलमा चलिरहेका सबै एपहरु बन्द गर्नु राम्रो हुन्छ। त्यसका साथै मोबाइल डाटा, वाइफाइ पनि बाहिर निस्किँदाको समयमा बन्द गर्नु राम्रो हुन्छ। साथै स्मार्टफोनलाई जतिसक्दो घामबाट बचाउनु राम्रो हुन्छ। 

५. दोस्रो मोबाइलबाट आफ्नो स्मार्टफोन चार्ज नगर्नु 
स्मार्टफोन प्रयोगको क्रममा मानिसहरु दोस्रो स्मार्टफोनबाट पनि गर्ने गर्छन्। यस्तोमा सबै किसिमको स्मार्टफोनको डिजाइन एकै किसिमको हुँदैन। एकै किसिमको स्मार्टफोनलाई मात्र उपयुक्त हुने गरी त्यसको ब्याट्री तथा चार्जर बनाइएको हुन्छ, दोस्रो स्मार्टफोनबाट चार्ज गर्ने बानीले पनि स्मार्टफोन तात्ने समस्या हुन सक्छ। 

६. फोनलाई अरु डिभाइसभन्दा टाढा राख्नु 
यदि स्मार्टफोनलाई अन्य कुनै डिभाइसहरुसँग जोडेर काम गर्ने बानी छ भने यसबाट बच्नु जरुरी हुन्छ। यसबाट पनि स्मार्टफोन तातो हुने समस्या हुन सक्छ। त्यसका साथै कुनै तातो उपकरण तथा डिभाइसभन्दा आफ्नो स्मार्टफोनलाई पर राख्नु राम्रो हुन्छ। 

७.  धेरै पावर खपत गर्ने एप बन्द गर्नु 
केही एपहरु यस्ता हुन्छन्, जो अत्यधिक पावर गर्छन् र आफैं अपडेट भइरहन्छन् र आफैं चल्न थाल्छन्। यस्ता एपहरु तपाइँको स्मार्टफोनमा छन् भने त्यस्ता एपहरु हटाउनु राम्रो हुन्छ। यसले पनि स्मार्टफोनलाई तातो हुन्छ। 

८. कभर निकाल्नु 
स्मार्टफोन तातिरहेको छ भने त्यसबाट बच्नका लागि कभरबाट बाहिर निकाल्नु जरुरी हुन्छ। कभरबाट बाहिर निकालिसकेपछि त्यसलाई केही समय हावामा छाड्नाले यो छिटै स्मार्टफोन सन्तुलनमा आउने र छिटो चल्ने हुन सक्छ। 

९. रातभर चार्ज नगर्नु 
कतिपय मानिसहरु आफ्नो स्मार्टफोनलाई रातभर चार्जमा छाडिदिने गर्छन्। यसबाट स्मार्टफोन तात्नुका साथै बिग्रिने सम्भावना पनि बढी हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ