arrow

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो, के मा कति ?

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य शनिबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । 

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन–तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

योसँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । 

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ