arrow

फ्रेन्च ओपन क्ल्यासः सेरेना भर्सेस मारिया सारापोभा

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
serena-sharapova.jpg

काठमाडौं । फ्रेन्च ओपन टेनिसको चौथो चरणमै दुई पूर्व विश्व नम्बर १ खेलाडीहरु अमेरिकन सेरेना विलियम्स र रसियन मारिया सारापोभा भिड्ने भएका छन् । 

बच्चाकी आमा भएर ५०० दिनपछि कोर्टमा फर्केकी सेरेनाले तेस्रो चरणमा ११ औं वरियताकी जुलिया गोर्जेजलाई ६–३ र ६–४ को सेटमा हराउँदै प्रिक्वार्टरफाइनलमा ठाउँ बनाइन् । 

त्यसैगरी विभिन्न उतारचढावबीच आएकी सारापोभाले छैटौं वरियाताकी क्यारोलिन प्लिस्कोभालाई ६–२ र ६–१ हराइन् । 

हेड टु हेड 
सेरेना र सारापोभा दुवै फर्ममा देखिएका छन् । दुवै बीचको भिडन्तमा भने सेरेना अगाडि छन् । 

२१ भेटमा सेरेना विजयी हुँदा मात्र २ खेल सारापोभाले आफ्नो पक्षमा पारेकी छिन् । 

यसपटक सारापोभा पनि निकै आक्रामक खेलिरहेकाले खेल आफ्नो पक्षमा पार्न बेर नलगाउने अनुमान गरिएको छ । 

महिलातर्फका अन्य खेलमा मुगुरुजा, गार्सिया। कोन्टाभेट, केर्बर, सुरेन्को, मेर्टेन्स, स्टेफेन्स, हालेप, वोज्नियाकी, किज्, बुजार्नेस्कु, पुतिनसेभा, स्ट्राइकोभा र कासात्किना प्रिक्वार्टरफाइनलमा पुगेका छन् । 

पुरुषतर्फ विश्व नम्बर १ रफाइल नाडाल, खाचानोभ, हुँवा मार्टिन डेल पोट्रो, फोग्निनी, गोफिन, एन्डरसन, सिरिच, मार्टेरर, समार्टजमान, इस्नर, भेरेभ, भर्डास्को, थिम, निसिकोरी र सेसिनाटो प्रिक्वार्टरफाइनलमा पुगेका छन् ।   

Serena Williams produced the best performance of her comeback so far to beat Julia Goerges

Williams was far too much for her German opponent Goerges to handle at Roland Garros

Maria Sharapova remains cautious ahead of French Open showdown with Serena Williams

Williams (right) has won 19 of their 21 meetings and there is still no love lost between the pair

The tournament favourite is widely expected to add to his 10 French Open titles this year

It can be argued that Gasquet's one-handed backhand is the most aesthetic stroke in the game



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ