arrow

बस दुर्घटनाका मृतकको सम्झनामा जिल्लाभर शोक, सहकारी र पसलहरु बन्द 

logo
 रामचन्द्र रायमाझी 
प्रकाशित २०७५ जेठ २० आइतबार
palpa3.jpg

पाल्पा । जिल्लाको हुमिनमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा  आइतबार एक दिन जिल्लाका उद्योग धन्दा, पसल, व्यवसाय र सहकारी संघ संस्थाहरु  बन्द गरी शोक मनाइने भएको छ । 

पाल्पा उद्योग वाणिज्य संघ, जिल्ला सहकारी संघ र  जिल्ला  बचत तथा क्रण सहकारी संघ लिमिटेड पाल्पाले दुर्घटनमा परी ज्यान गुमाएका लक्ष्मी सहकारी संस्था तानसेनका पदाधिकारीहरु, सदस्य, कर्मचारी र डिभिजन सहकारी पाल्पाका डिभिजन प्रमुखप्रति दुःख व्यक्त गर्दै आइतबार जिल्लाका सम्पूर्ण सहकारीहरु र व्यवसायी प्रतिष्ठानहरु बन्द गरी शोक मनाउने निर्णय गरेका हुन् । 

संघहरुले छुट्टाछुटै शोक वक्तव्य जारी गर्दै सहकारी डिभिजन प्रमूख सहित १४ जना सहकारी अभियान्ता र प्रतिष्ठीत व्यापारीहरुको निधनले पाल्पाली व्यवसायी प्रतिष्ठान र सहकारी अभियानलाई अपूरणीय क्षति भएको भन्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको छ । 

जिल्ला शुक्रबारदेखि नै शोकाकुल भएको भएको हो । तानसेन बजार सानो क्षेत्रमा फैलिएकाले पनि एकै स्थानका १४ जनाको मृत्युले सदरमुकाम तानसेन शोकाकुल भएको छ । मृतकहरुको शुक्रवार र शनिबार राम्दीघाटमा अन्तिम दासंस्कार गरिएको छ । 

मृत्यु हुने कृष्णबहादुर बोहोरा सहकारी डिभिजन कार्यालय पाल्पाका प्रमुख हुन् । विष्णुमान बज्रचार्य लक्ष्मी बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्ष, पाल्पा उद्योग वाणिज्य संघका एसोसियट सदस्यसमेत हुन् । 

क्षेत्रमान शाक्य सहकारीका उपाध्यक्ष र उद्योग वाणिज्य संघका पूर्व कोषध्यक्ष हुन । लोकप्रसाद ढकाल सहकारीका कार्यसमिति सदस्य एवं उद्योग वाणिज्य संघका कानूनी सल्लाहाकार , शुशील श्रेष्ठ सहकारीका कार्यसमिति सदस्य,  देवेन्द्रलाल प्रदान सहकारीका संस्थापक सदस्य तथा वाणिज्य संघका कार्यसमिति सदस्य, दुर्गा बहादुर सारु सहकारीका सस्थापक सदस्य, सचिनमान बज्रचार्य सहकारीका संस्थापक सदस्य तथा वाणिज्य संघका साधारण सदस्य, कृष्णमान बज्रचार्य र दुर्गदेवी श्रेष्ठ सहकारीका संस्थापक सदस्य  हुन् ।

त्यस्तै बसन्ती खाँड, गीता बूढाथोकी, मुना सारु र कमला कार्की बजार प्रतिनिधि हुन् । यस्ता जिल्लाका हुनहार समाजिक व्यक्तित्व गुमाएकोमा जिल्लावासि निकै शोकाकुल भएका छन् । 

यस्तो दुःखत घडीमा जिल्लाका विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था, शिक्षण संस्था लगायतले दुःखत घटनाप्रति शोक वक्तव्य सार्वजनिक गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ