arrow

बंगलादेश अफगानिस्तानसंग पनि कमजोर

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
afghanistan.jpg

काठमाडौं । रसिद खान छाएपछि बंगलादेशले अफगानिस्तान विरुद्धको पहिलो टी–२० क्रिकेटमा ४५ रनको पराजय बेहोरेको छ । भारतको देहरादुनमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेटको नोक्सानीमा १६७ रन बनायो । 

मोहम्मद शाहजादले ४०, सामिउल्लाह शेलवारीले ३६ उस्मान घानीले २६, कप्तान अस्घर स्टानिजाइले २५ रन बनाए । 

ममुल्लाह र मोसादेक हुसेनले २–२ विकेट लिए । 

जवाफमा बंगलादेशले १९ ओभरमा अलआउट भएर १२२ रन मात्र बनाउन सक्यो । लिटन दासले ३० तथा ममुल्लाहले २९ र बनाए । 

बंगलादेशको गलामा पासो बनेका रसिद खानले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । रसिद म्यान अफ द म्याच भए । शपुर जर्दानले ४० रन खर्चेर ३ विकेट लिए । 

जितपछि अफगानिस्तानले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ