arrow

प्रधानमन्त्री  कृषि आधुनिकीकरणको बोर्ड झुण्ड्याइएको छ, बीउ माग्दा कलह

logo
युबराज रेग्मी
प्रकाशित २०७५ जेठ २१ सोमबार
pm-projcet.jpg

झापा । गौरादह २ स्थायी घर भएका जीवन पुरी छिमेकी कृषक धर्म बिष्टको घरमा धानको बीउ माग्न गए । बिष्टले उनलाई बीउ धान दिन सिधा इन्कार गरे । त्यसपछि सामान्य तर्क बितर्क भयो । बीउ धान पुग्दैन भनेपछि किन बारम्बार किचकिच गरिरहेको भन्दै पुरीलाई सचिब दामोदर घिमिरेकोमा गएर निवेदन दिएमा मात्र ४–५ किलो बीउ दिन मिल्ने बताए । सचिब घिमिरे संग गएर कुरा गर्दा पनि बीउ धान दिन इन्कार गरियो ।

पुरी जस्ता धेरै कृषकहरू उनको घरमा बीउ धानको लागि धाइरहदा बीउ धान छनौट बारेमा कृषकहरू सचेत छैनन् भन्ने प्रष्ट हुन्छ । धर्म बिष्टको घरमा प्रधानमन्त्री  कृषि आधुनिकीकरणको बोर्ड झुण्ड्याइएको छ । उनी लगायत केहि कृषकहरूको समूह मिलेर १५ बिघाहा जमिनमा धान खेती गरिएको छ । झापा जिल्लालाई धान पकेट क्षेत्र तोकिएपछि बिष्ट लगायत वार्ड नं। २ का केही कृषकलाई पनि धान पकेट कार्यक्रमको अनुमति दिइएको छ ।  

सोही खेतमा फलेको धानलाइ बीउ धानको रूपमा बिष्टले अन्य कृषकलाई बिक्रीवितरण गर्दै आएको बताइन्छ । तर बिष्ट धान खेती सम्बन्धि अन्य २ वटा कार्यक्रममा संलग्न भएको पाइएको छ । निकै बर्ष अगाडि कृषकहरू मिलेर खोलिएको कृषि समुहका उनी अध्यक्ष हुन्  । वार्ड नं २ लाई लक्षित गरेर सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको समितिमा पनि उनी नै अध्यक्ष रहेका छन् । 

त्यतिमात्र होइन वडा कार्यालयले अनुदान स्वरुप दिएको ४० मन धान बराबरको अनुदान रकमको लागि गठित समितिको अध्यक्ष र स्थानीय सडक निर्माणका लागि गठित उपभोक्ता समितिको सदस्यमा पनि उनी नेतृत्वकर्ता नै छन् । सामुहिक रूपमा गरिएको खेतीबाट उत्पादित धानलाई उन्नत जातको धान भन्दै बिष्टले प्रती किलो ५० रुपैयाँका दरले बिक्रि गरिरहेका छन् । वडा कार्यालयले अनुदान दिएको भनिएको धान पनि उनिहरुकै खेतीबाट उत्पादन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गरिएको १५ बिघा सामुहिक खेती मध्ये ५ बिघा बिष्टको आफ्नै जमिन हो । 

 गौरादहमा धानको सामान्य मुल्य १३०० रुपैयाँ रहेकोे पाइन्छ । आफ्नो बारीमा फलेको धान सरदर ८२ प्रतिशत उमार शक्ति रहेको भन्दै प्रतिमन २००० रुपैयाँमा बिक्रि गरिरहेका बिष्ट समुहका अन्य सदस्यसंग खासै समन्वय गर्न चाहँदैनन् । सामुहिक खेती गर्दा अनिवार्य राख्नै पर्ने हिसाब किताबको चुस्तदुरुस्त विवरणसमेत उनीसंग भेटिँदैन । 

वडा कार्यालयद्वारा  अनुदान स्वरुप उपलब्ध भएको २१ थान बिसाधि  हान्ने स्प्रे मेशिन मनोमानी ढंगले बितरण गरेको कुरामा  पनि उनी निकै आरोपित भएका छन् । वडाको अनुदान कार्यक्रम अन्तर्गत आएको स्प्रे मेशिन जथाभावी बितरण गर्दा तल्लो तहका निमुखा कृषकहरू लाई  सुबिधा उपयोग बाट बन्चित गराइएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

वडा कार्यालय तथा नगर कार्यालय धाएर काम लिन निकै सिपालु मानिने बिष्टप्रति प्रमुख प्रसासकिय अधिकृत पनि असन्तुष्ट रहेको अधिकृत मिश्रको भनाइ उधृत गर्दै उनको समुहकै एक सदस्यले भने । बिष्ट जस्ता कृषकहरूले कालो बजारी गर्दै अनधिकृत धानलाइ बीउ धान भन्दै बिक्रि बितरण गरिरहदा सरोकारवाला निकायहरु भने मौन देखिएको छन् । 

यसैगरी यस विषयमा आम जनगुनासो आइरहदा सत्य तथ्य बुझ्न गएका पत्रकारहरुलार्र्इ पनि उनले बेवास्ता गरी जानकारी दिन इन्कार गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ