arrow

सन्दीप लामिछाने क्यानेडियन लिगमा, बढ्यो पारिश्रमिक, यो नालीबेली

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । नेपाली क्रिकेटका ‘हीरा’ सन्दीप लामिछानेले क्यानेडियन लिग पनि खेल्ने भएका छन् । हर दिनलाई निकै उत्साहका साथ स्वागत गरिरहेका सन्दीप एक पछि अर्को सफलताको खुड्किलो चढ्ने क्रममा क्यानेडियन लिगमा खेल्न पाउने भएका हुन् । 

गत महिना इण्डियन प्रिमियर लिग आईपीएलमा खेल्ने अवसर पाएर विश्वसामु आफू हीरा नै भएको प्रमाणित गरेका सन्दीपले त्यसपछि केही दिनअघि बेलायतको लर्डसमा विश्व ११ बाट अन्तराष्ट्रिय टी–२० मा डेब्यु गरेका थिए । 

अब भने उनी क्यानडातिर लाग्नेछन् । जुन २८ तारिखदेखि सुरु हुने जी टी २० क्यानेडियन लिगमा सन्दीपलाई मोन्ट्रेल टाइगर्स क्लबले लिएको हो । 

बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपछि उनको पारिश्रमिक ४० हजार डलर हुनेछ । पहिलो चरणमा खेल्नेले ९० हजार डलर पाउँछन् । 

सन्दीप रहेको क्लबमा लसिथ मालिंगा, सुनील नाराइन, थिसरा परेरा, दिनेश रामदिन, मोहम्मद हाफिज, सिकन्दर राजा, दासुन शंका, इसुरु उदाना, जर्ज वर्कर, नाजिबुल्लाह जद्रान, सेसिल पेर्भेज, रेयनखान पठान लगायत खेलाडी छन् ।

यो प्रतियोगितामा जम्मा ६ वटा टीम छन् । को को छन् त टीम र खेलाडीहरु ? यो तस्वीरमा 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ