arrow

पर्यटकीय नगरी इलामको सुकिलुम्बामा तारा एयरको बिमानले गर्‍यो सफल अवतरण (भिडियो)

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
tara-air.JPG

इलाम । इलाम बजार नजिक रहेको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा पहिलो परिक्षण उडान सफल भएको छ । सोमबार दिउसो १२ बजेको आसपास तारा एयरले सफल अवतरण गरेको छ । पहिलो परिक्षण हेर्न इलामेहरु ठुलो संख्यामा उपस्थिति भएका थिए ।

यस बिमान स्थलबाट दार्जिलिङ, सिक्किम समेत नजिक गर्ने हुनाले त्यहाका यात्रुहरुलाई काठमाडौ आउन समेत सहज हुने बताइएको छ । विमानस्थलको रनवेलगायतको काम सम्पन्न भएपछि सोमवार तारा एयरको १८ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । दैनिक उडान गराउन सके पर्यटकीय नगरी इलाम आउने यात्रुलाई सहज हुने बताइएको छ ।

एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थलमा सफल परिक्षण उडान भएसँगै जिल्लावासी उत्साहित भएका छन् ।   सुकिलुम्बामा ट्विनअटर विमान अवतरण  भएको हो । झलनाथ खनाल प्रधानमन्त्री भएको बेला विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरिएको थियो । अहिले विमानस्थलको रनवेमा ग्राभेल मात्र भएको छ। पिच हुन भने अझै सकेको छैन ।

भिडियो : सुदिप श्रेष्ठ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ