arrow

८८ वर्षिय वयोवृद्धको सहयोगमा मन्दिरमा सभाहल

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ २१ सोमबार
radha-damodar.jpg

पाल्पा (रामपुर) । राधा दामोदर मन्दिर रामपुर नगरपालिका ५ मटेरीमा स्थानीय वयोवृद्ध रेशमराज पोखरेलले सभाहलको निर्माण गरिदिएका छन् । रामपुर नगरपालिका वडा नं ५ मटेरी बस्ने ८८ वर्षिय पोखरेलले तीस लाखको लागतमा रेशम सभा हल निर्माण गरेका हुन् । उनले मन्दिरमा भजन कृतन गर्नका लागि ठाउँ अभाव भएकाले नजिकको मन्दिरको आस्था र मन्दिरमा आउने भक्तजनको सहजताको लागि सभाहल निर्माण गरेका बताए ।

भगवानले सबैको कामना पुरा गर्ने बताउँदै पोखरेलले नजिकका मन्दिरमा दान गरेको र अब रामघाट जस्ता मठ मन्दिरमा केही दान गर्ने इच्छा रहेको बताए । सभाहलमा गुरु बसोबास कक्ष, सामाग्री संकलन केन्द्र, शौचालयको समेत निर्माण गरिएको छ । करिब दुई सय जति मानिस अट्ने क्षमता रहेको सभा हल ३० लाख बराबरको लागतमा  सम्पन्न भएको सभा हल निर्माण गरिएको निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेल बताए ।

सभा हल निर्माण संगै विभिन्न धार्मिक क्रियाकलाप, कथावाचन, विवाह, ब्रतबन्ध, पुजाआजा लगायतका कार्यक्रम संचालन गर्न सहज भएको छ । मन्दिरमा आउने अतिथीहरुलाई समेत बस्नको लागि असहज भएको बेला सभा हलले सहज बनाईदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद गौतम बताए ।

 उनले सभा हल निर्माण भए संगै मन्दिरमाको उपभोग र व्यवस्थापन राधा दामोदर मन्दिर मन्दिर व्यवस्थापन समितिले गर्ने बताए । सभा हलबाट यहाँका स्थानियवासीलाई धार्मिक क्रियाकलाप गर्न राम्रो सुबिधा पुग्ने बेला बेलामा मन्दिरमा हुने विभिन्न धार्मिक क्रियाकलाप गर्न यहाँका स्थानियवासीलाई अत्यन्तै कठिन परेको थियो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले रामपुर नगरपालिको मुख्य केन्द्रमा रहेको मन्दिरमा सभाहल निर्माण संगै धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले वडा बाट पनि मन्दिरको व्यवस्थापनको लागि सहयोग गर्ने उल्लेख गरे ।बेला बेलामा मन्दिरमा हुने विभिन्न धार्मिक क्रियाकलाप गर्न यहाँका स्थानियवासीलाई अत्यन्तै कठिन परेको अवस्थामा ठुलो संख्यामा मानिस अट्ने सभा हल निर्माण भएपछि धार्मिक प्रवचन लगायतका कार्यहरु गर्न सजिलो भएको स्थानियहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ