arrow

पौडीबाट एसियाली खेलकुदका लागि नेपाली खेलाडीहरु छानिए, को को परे ? गौरिकालाई ८ स्वर्ण

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
asiad-swimming.jpg

काठमाडौं । ओलम्पियन गौरिका सिंहले २२ औं खुल्ला राष्टिय पौडी प्रतियोगितामा ८ स्वर्ण हात पार्न सफल भएकी छिन् । उनले महिला २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई, १०० मिटर ब्याक, ५० मिटर फ्रि, २०० मिटर आईएम, १०० मिटर फ्रि, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्टोकमा पदक हाता पार्न सफल भएकी हुन् ।

छोटो दूरी (सर्ट कोर्ष २५ मिटरको पुल) मा भएको प्रतियोगिताको २०० मि. फ्रिस्टायल सेनाकी गौरिकाले २ मि. ०९.१९ से.मा दूरी पुरा गरिन् । दोश्रो स्थानमा लिङकनकी टिशा शाक्य र तेश्रो स्थानमा इज्जी मर्फी रहिन् । यस्तै १०० मि. बटरफ्लाईमा उनले १ मि. ८.६३ सेकेन्डका साथ स्वर्ण पाईन् । सेनाकै डुवाना लामाले रजत र ईज्जी मर्फीले कास्य पाईन् । १०० मि. ब्याकमा उनले १ मि. ९.३० से.का साथ लिङकनकी ईज्जी मर्फीलाई पछि पारिन् । तेश्रो स्थानमा ईज्जी पावेलले कास्य पाईन् । 

गौरिकाले ५० मि. फ्रिमा २७.९५ से.मा स्वर्ण पाईन् । लिङनमा टिशा शाक्य र ईज्जी मर्फीले रजत र कास्य पाईन् । २०० मि. आईएममा २.३२ः५१ का साथ सिंहले स्वर्ण प्राप्त गर्दा सेनाकै डुवाना लामाले रजत र लिङकनकी टिशा शाक्ले कास्य पाईन् ।

१०० मिटर फ्रिमा पनि सिहले ५९.९१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा लिङकनका टिशा शाक्यले रजत र इज्जी मर्फीले कास्य पाए । ५० मिटर बटरप्लाईमा गौरिकाले २९.६२ सेकेन्डका साथ स्वर्ण पाईन् । उक्त दुरीमा लिंकनका इज्जी मर्फी र ईज्जी पावेलले रजत र कास्य पाए । यस्तै गौरिकाले ५० मि. ब्याकमा ३१.३१ सेकेन्डका साथ स्वर्ण हात पार्दा लिंकनका इज्जी मर्फी र निआम पावेलले रजत र कास्य पाए ।

२० स्वर्ण पदकका लागि भएको प्रतियोगिताको अन्य खेलमा १०० मि.मा सेनाकी डुवाना लामाले १ मि. २०.५८ से.मा स्वर्ण पाईन् । उक्त विधामा टिशा शाक्यले रजत र निमाह पावेलले कास्य पाए । यस्तै डुवानाले ५० मि. ब्रेष्टमा पनि स्वण पाईन् । उक्त विधामा लिंकनका टिशा शाक्य र निमाह पावेलले रजत र कास्य पाए ।

पुरुषको २०० मिटर आईएममा सेनाका ओलम्पियन शिरिष गुरुङले स्वर्ण पाए । यस्तै शिरिषले५०, १०० र २०० मि.फ्रि.मा पनि स्वर्ण पाए ।

उनले आईएममा २ मि.२६.१७ सेकेन्डमा दुरी पुरा गरे । यस्तै ५० मि.फ्रिमा २५.९५ सेकेन्ड,१०० मि. फ्रिमा ५७.०३ से., र २०० मिटरमा २ मिनट १४.६८ से.का साथ दूरी पुरा गरेका थिए ।

यस्तै युलेन्सका अनुभव सुब्बाले १०० मिटर बटरप्लाईमा स्वर्ण पाए । उनले उक्त दूरी १ मि. १.७६ सेकेन्डमा पुरा गरे । अनुभवले ५० मिटर बटरप्लाईमा पनि २७.९७ से.का साथ स्वर्ण पाए । जेम्स स्कुलका सुभमले १०० मि. ब्रेष्ट स्टोकमा १ मि. ८.९४ सेकेन्डमा साथ स्वर्ण हात पारे । यस्तै सुभमले ५० मि. मा पनि स्वर्ण हात पारे । उनले उक्त दूरी ३२.०१ सेकेन्डका साथ पुरा गरेका थिए । ५० मि. ब्याकमा लिंकनका जराह बड्ले ३३.५६ सेकेन्डमा साथ र प्रशान्त राज जोशीले १०० मि. ब्याकमा १ मि. ११.५३ सेकेन्डका साथ स्वर्ण हात पारे ।

ईन्डोनेशियामा आयोजना हुने १८ औं एयिशन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको  प्रतियोगिताबाट फिना अंकका आधारमा महिला तर्फ गौरिका सिंह, टिशा शाक्य तथा पुरुष तर्फ सुभम श्रेष्ठ र शिरिष गुरुङ छनोट हुन सफल भए । बैकल्पीक खेलाडीको रुपमा महिला तर्फ डुवाना लामा र पुरुष तर्फ अनुभव सुब्बा छनौट भए ।

गौरिकाले ६३० र टिशाले ५०७ अंक पाए । यस्तै सुभमले ५२४ र शिरिषले ४८९ अंक हात पारे । डुवानाले ४६५ र अनुभवले ४८६ अंक प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ