arrow

१० वर्षे रणनीतिक योजना तथा कार्यक्रमबारे छलफल

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप । नेपाल सरकारको दीगो बिकासको लक्ष्य र रणनीति अनुसार रामेछाप नगरपालिकाको रणनीतिक योजना कार्यक्रम तथा १० बर्षे परिकल्पना सभा सम्पन्न भएको छ ।

रामेछाप नगरपालिकाको आयोजना तथा चारघरे सेवा समितिको सहकार्यमा भएको कार्यक्रमा १० वर्षभित्र कस्तो नगरपालिका बनाउँन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । समृद्ध नगर निर्माणको लागि नगरभित्र रहेका संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका जनप्रतिनिधि तथा सरोकारवालाहरुबाट राय सुझाव संकलन गरिएको थियो ।

कसरी बजेटलाई सहि सदुपयोग गरेर दिगो विकासमा लगानी गर्न सकिन्छ भन्ने उद्देश्यले राष्ट्रिय योजना आयोगका पुर्व-उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल, प्रशासनविद डा. जिवनाथ पाखरेल भू-गर्भविद डा. प्रदीप पौडेल वन विज्ञ डा. दिनेश पौडेल वन तथा वातावरण मन्त्रालयका उप-सचिव शेरबहादुर श्रेष्ठ लगायतका  व्यक्तिहरुले दिगो बिकास र उद्देश्यको बारेमा आफनो धारण व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति लवश्री न्यौपाने नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि आनन्द श्रेष्ठले बोल्दै सबैभन्दा पहिला जनताको आधारभूत आवश्यक्ता पुरा गर्न सुझाव दिएका थिए । नगरका प्रमुख नरबहादुर थापामगरले सबैको सल्लाह सुझावलाई आत्मासाथ गर्दै आगामी योजनामा केन्द्रीत हुने प्रतिवद्धता व्यक्त गरे ।  उप नगर उपप्रमुख सृजना खड्काले समृद्धिका लागि सबैको सुझाव फलदायी हुने बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ