arrow

नुवाकोट गोल्डकप : रुपन्देहीलाई पराजित गर्दे नेपाल पुलिस सेमिफाईनलमा

logo
शिव देबकोटा,
प्रकाशित २०७५ जेठ २२ मंगलबार
tuesday.jpeg

नुवाकोट । नुवाकोटमा बिहिबारबाट जारी ‘बिशाल सिमेन्ट नुवाकोट गोल्डकप–२०७५’ अन्तर्गतको मंगलबारको खेलमा प्रतिस्पर्धी गोर्खा ब्वाईज रुपन्देहीलाई शुन्यका बिरुद्ध तीन गोलको अन्तरले पराजित गर्दे बिभागीय टिम नेपाल पुलिस कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । अव पुलिसले बिहिबार सेमिफाईनलमा पोखरा – ११ संग प्रतिस्पर्धा गर्नेछ ।  

मंगलबारको खेलमा पुलिसका लागि जर्सी नम्वर ९ का खेलाडी सुमन लामाले दुई र जर्सी नम्वर ८ का खेलाडी अभिषेक रिजालले एक गोल गर्दे टिमलाई ३ –० को अग्रताका साथ सहज जित दिलाए । मध्यान्तर पछि रुपन्देहीको तर्फबाट धेरै आकर्षक प्रहारहरु भएपनि त्यसलाई नेपाल प्रहरीका गोल रक्षक रोशन कार्कीको विफल तुल्याईदिएका थिए ।

प्रतियोगितामा दुई गोल सहित उत्कृष्ट प्रदर्शन गरेका पुलिसका खेलाडी लामा ‘म्यान अफ दी म्याच’ बन्न सफल भए । लामालाई आयोजक समितिका संयोजक बुद्धी प्रधान र एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले साकुरा नेपाल कन्सल्टेन्सीद्वारा प्रायोजित नगद दशहजार रुपैया र ट्रफीले पुरस्कृत गरे ।

जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भईरहेको प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो सेमिफाईनल खेल थ्रिस्टार कल्व र आयोजक नुवाकोट – ११ विच हुने नुवाकोट जिल्ला फुटबल संघका महासचिव बिष्णु चालिसेले जानकारी दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ