arrow

होटेल विवादमा महासंघका पूर्वउपाध्यक्ष पक्राउ

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
fncci-building-123.jpeg

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनकै निवास कमलविनायकबाट उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । 

कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन शुरु हुनुअगावै विवाद सार्वजनिक भएको थियो । 

होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दावी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ । 

ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिए । 

उनले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ