arrow

कति शक्तिशाली छ फिफा ? 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
fifa.jpg

काठमाडौं । फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो । विश्वभरका सबैजसो फुटबलहरुलाई नियन्त्रण गर्ने आधिकारिक संस्था फिफा हो । यो संस्थाको सञ्जाल विश्वभर रहेको छ । यसले फुटबलको क्रेज विश्वव्यापीरुपमा कत्तिको छ भन्ने कुरालाई स्पष्ट पार्छ । गएको मे महिनामा फिफाले सार्वजनिक गरेको र्यांकअनुसार पुरुषतर्फ दुई सय सात मुलुकहरु परेका छन् । 

फिफाले चार वर्षभन्दा बढी समय फुटबलमा सक्रिय नभएका मुलुकहरुलाई आफ्नो सूचीबाट हटाउने गरेको छ । यस्तोमा अहिले उसको सूचीमा दुई सय सात मुलुकहरु रहेका छन् । जसले केही न केही रुपमा फुटबलका गतिविधिहरु गर्दै आइरहेका छन् । यसले फिफाको सञ्जाल विश्वभर व्यापकरुपमा फैलिएको स्पष्ट हुन्छ । 

कुनै पनि खेलमा यस किसिमको विश्वव्यापी सञ्जाल विस्तार गरेको संगठन फिफा नै हो । अन्य खेलमा यस किसिमको सञ्जाल विस्तार गर्न निकै कठिन हुन्छ । जसरी फुटबलमा फिफाले नियन्त्रण गर्छ, त्यसैगरी सबै मुलुकहरुलाई संयुक्त राष्ट्रसंघले नियन्त्रण गर्ने गर्छ । कुनै पनि मुलुकले गल्ती गरेमा सजाय दिने र राम्रो काम गरेमा स्यावासी दिने काम पनि राष्ट्रसंघको हो । 

जसको कारण उससँग सबै मुलुकहरु आबद्ध हुनुपर्ने हो तर अनौठो कुरा के छ भने फिफाका सदस्यहरु राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुभन्दा बढी छन् । 

संयुक्त राष्ट्रसंघमा एक सय ९३ सदस्य राष्ट्रहरु रहेका छन् । यो संख्या फिफाको र्याङ्किङमा भएका भन्दा १३ ले कम हो । यसको अर्थ संयुक्त राष्ट्रसंघमा नभएका १३ मुलुकहरु फिफामा छन् । 

यसो हुनुको अर्को महत्वपूर्ण कारण विश्वसनीयता पनि हो । विश्वको व्यापक राजनीतिको कारण राष्ट्रसंघको भन्दा बढी विश्वास फिफामा गर्न थालिएको छ । राष्ट्रसंघमा सूचीकृत भए पनि विश्वमा चिनाउनको लागि खेलको महत्वपूर्ण भूमिका हुने भएकोले पनि धेरै मुलुकहरुको सहभागिता फिफामा देखिएको हो । 

विश्वमा स्वतन्त्र राज्यको माग गर्दै आन्दोलन गरिरहेका तर स्वतन्त्र पनि भइनसकेका मुलुकहरुले पनि यसरी भाग लिने हुँदा फिफाको सूचीमा धेरै मुलुकहरु पर्न गएका हुन् । युद्धले ग्रस्त सिरिया होस् वा विश्वलाई आफ्नो शक्तिमा राख्नसक्ने अमेरिका, रसिया वा चीन हुन् सबै मुलुकहरुमा फिफाको उपस्थिति रहेको छ । 

फिफामा हङकङ, ताइवानजस्ता टोलीहरु पनि रहेका छन् । जुन मुलुकहरु राष्ट्रसंघमा चीनअन्तर्गत रहेका छन् । साथै राष्ट्रसंघबाट पूर्ण राष्ट्रको मान्यता नपाएका मुलुकहरु पनि फिफाको सूचीमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ