arrow

‘म्याच फिक्सिङ’ : सागरसहित ६ जनाले पाए सफाई 

‘सर्वेन्द्र एसएसपी हुँदा कठघरामा, आईजीपी हुँदा सफाई’

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
sport-mach_fix.jpg

काठमाडौं । विशेष अदालतले खेल मिलेमतो (म्याच फिक्सिङ)गरेको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो ।

२०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक अन्जन केसी धरौटीमा रिहा भएका थिए । एसियन फुटबल कन्फेडेरेशन (एएफसी)ले थापालगायत खेलाडी तथा प्रशिक्षक केसीले विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय खेलमा मिलेमतो थरेको भन्दै विवरण नै सार्वजनिक गरेको थियो । 

उनीहरुलाई एएफसीले खेलमा आजीवन प्रतिबन्ध लगाएको छ । प्रहरीले २०७२ असोज २७ गते पक्राउ गरेको थियो । उनीहरुले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा खेल मिलेमतो गरेका बताइन्छ ।

त्यतिबेला कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका थिए । 

खनाल एसएसपी हुँदा पक्राउ परेकाहरुले आईजीपी हुँदा पाए सफाई 
खेल मिलेमतोको अनुसन्धान गर्ने र पक्राउ गरेर देखाउने प्रहरी अधिकारी थिए सर्वेन्द्र खनाल । अहिले प्रहरी प्रमुख छन् उनी । खेल मिलेमतोकै अनुसन्धानले उनेको हाईट एकाएक बढाई दियो । यतिसम्म कि यही घटनाक्रमले उनी कार्यसम्पादन मुल्याङ्कनमा रमेश खरेल भन्दा अब्बल दरिए । 

खेलाडीको हातमा हत्कडी लगाउँदा उनी अपराध अनुसन्धान महाशाकाको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी थिए । उनले किटान गरेर अफगानिस्तान र बंगालदेशसँग भएका खेलहरुमा म्याच फिक्सिङ गरेको भनिदिएका थिए ।

त्यति मात्रै होइन उनले अनुसन्धानमा ‘ब्याङ्क ट्रान्ज्याक्सन समेत देखिएको छ’– भनेका थिए । अहिले उनी प्रहरी प्रमुख अर्थात् आईजीपी छन् । त्याे बेला उनले कठघरामा उभ्याएका ‘निलम्बित’ खेलाडीहरुले अहिले सफाई पाएका छन् । 

‘म्याच फिक्सिङ’ गर्ने खेलाडीको अपिल पनि खारेज (निर्णयसहित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ