arrow

रोनाल्डो रियाल मड्रिड छाेड्न तैयार !

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
Ronaldo-,,,.jpg.jpeg

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिड छाड्न तैयार भएका छन् । रोनाल्डोको आगामी सिजनको लागि सम्झौता बढाउने विषयमा रियाल मड्रिडका अध्यक्षले कुनै वाचा नगरेकाले उनले मड्रिड छाड्ने करिब निश्चित भएको छ । 

रियाल मड्रिडसँग निकै नजिक रहेका एक व्यक्तिलाई उदृत गर्दै स्पेनी सञ्चारमाध्यम मार्काले यो सम्झौता अघि नबढ्ने सम्भावना प्रवल रहेको जनएको छ । यसअघि पनि रोनाल्डोले रियाल मड्रिड छाड्ने संकेत गरेका थिए । उनको यसपछिको गन्तव्य प्रिमियर लिग वा फ्रान्सेली लिग हुनसक्ने बताइएको छ । 

अहिले रोनाल्डोले माग गरेअनुसार सेवा तथा सुविधाहरु नमिलेका कारण उनले क्लब छाड्न लागेका हुन् । रियाल मड्रिडले माग गरेअनुसारको रकम दिन नसकेकामा उनी असन्तुष्ट छन् ।

रियाल मड्रिडले रोनाल्डोलाई बिक्री गर्न नचाहेको खण्डमा भने उनले सहजै क्लब छाड्न सक्ने अवस्था नरहेको उनलाई क्लब छाड्न गाह्रो हुने उल्लेख गरिएको छ । वुधबार क्लबका अधिकारीहरु र रोनाल्डोका प्रतिनिधिबीचको बैठकमा सम्झौता थप गर्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ । 

वार्षिक रुपमा ६५ मिलियन अर्थात् ६ करोड ५० लाख पाउण्ड तलब खाइरहेका खेलाडी क्लबदेखि केही मामिलामा असन्तुष्ट रहेको विवरणहरुले देखाएका छन् । अहिले क्लब रोनाल्डोको अवकाश भन्दा पनि नेयमारलाई टोलीमा ल्याउनतिर बढी कसरत गरिरहेको भन्दै रोमाल्डो असन्तुष्ट बनेका थिए । 

यससँगै रियालका लागि यो सिजन धेरै शंकाको सिजन रहने फुटबल पण्डितहरुले बताएका छन् । केही दिनअघि मात्र रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले रियाल मड्रिडको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ