arrow

सशस्त्र प्रहरीको एपीएफ स्कुललाई भलिबल उपाधि

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
apf-school.jpg

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ स्कुलले तेश्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत ब्वाइज भलिबल उपाधि बिहीबार जितेको छ । हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को कोर्टमा भएको फाइनलमा एपीएफले माउन्ट ओलिभ ‘ए’ लाई २५–२३, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गर्याे ।

ब्वाइज फुटबलमा नेपाल प्रहरी स्कुलले विद्यासागरलाई ४–०, एलए नीलोले सेन्ट जेभियर्स गोदावरीलाई ७–२, एलए रातोले नेपाल डनबस्कोलाई ३–० र ज्ञानोदयले क्रेसेन्टलाई ४–३ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर ब्वाइज बास्केटबलमा पुष्पसदनले आईडियल मोडेललाई ३२–२७, जेम्सले एभेन्जलाई ५०–२८, रातो बंगलाले एलए ‘बी’ लाई ३५–१६ र एलआरआईले एलए ‘ए’ लाई ३५–१६ ले पन्छाए । मिनी ब्वाइज बास्केटबलमा पुष्पसदनले सेन्ट जेभियर्स जावलाखेललाई ३२–१३ र एलआरआईलाई ११–३, एलएले बृहस्पति विद्या सदनलाई २०–७ तथा रातो बंगलाले आईडियल मोडेललाई ३४–१४ ले पाखा लगाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ