arrow

मुल्य बृद्धिको बिरोधमा राँकेजुलुश

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
galyang-syangja.png

स्याङ्जा । वाम सरकार बनेपछि झण्डै २० प्रतिशत मुल्य बृद्धि भएको बिरोधमा नेपाल विद्यार्थी संघ स्याङ्जाले राँकेजुलुश प्रदर्शन गरि बिरोध जनाएको छ । करिब १ सय दिनको अवधिमा ५ पटक पेट्रोलियम पदार्थको मुल्य बढेको र बजेट आएपछि मुल्य आकासियको बिरोधमा नेविसंघले बिरोध गरेको हो ।

काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुशले बजारका विभिन्न भागको परिक्रममा गर्दैै शहिदचोमा पुगेर नेविसंघले सरकारको कडा बिरोध गरेका थिए । राँकेजुलुश सहभागिले ‘सम्मृद्ध नेपाल, खुशि नेपाली’ मतदाता आकर्षित गर्न मात्रै वामपन्थीले नारा लगाएको बताए ।

“वाम सरकार बनेपछि दैनिक उपभोग्य वस्तुको मुल्य आकासिदा आम नागरिक आक्रान्त बनेका छन् ।” नेविसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीले भने, “वापन्थीहरु मिठा–मिठा नारा दिने अलि आम नागरिकको सेवामा सरकार निरिह बनेको छ ।” सरकारको यो निरिहता बिरुद्ध आन्दोलनमा उत्रनु परेको क्षेत्रीले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ