arrow

नेपालमा नयाँ खेल थपियो , बझाङमा केन्द्रिय कार्यालय

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
sport_photo_(2).JPG

बझाङ। नेपालमा फुल कन्ट्याक कराँतेको खाकाकै रुपमा रहेको एक नयाँ खेल नेपालमा भित्रिएको छ । क्योकुशिन नामक खेल नेपालमा भित्र्याएर यसको केन्दिय कार्यालयको शुक्रवार एक समारोहका बिच उद्घाट्न गरिएको छ ।
 
बझाङमा लामो समय देखि बुदो कैदो फुलकन्ट्याक खेलाउदै आएका पुष्पलाल रोकायाले क्योकुशिन नामक खेल भित्र्याएर बझाङमा केन्द्रिय कार्यालय रहने गरि सुरुवात गरेका हुन् ।  ब्ल्याक बेल्ड सहित पाँच डनको उपाधी पाएका रोकायाले यस खेलको तदर्थ समिती समेत गठन गरि खेल सुरु गरेका हुन् । खेलाडी लाई खेल मैदानको अभाब , खेलप्रति हेर्ने दृष्टिकोण  लगायतका समस्या झेल्दै आएका यस क्षेत्रका खेलाडीमा केहि आसा पालाएको छ । नेपाल क्योकुशिन संघका केन्द्रिय अध्यक्ष समेत रहेका रोकायाले बझाङ जस्तो दुर्गम ठाँउबाट खेलको बिकास गरि देश भरि यसका शाखा बिस्तार गरिने बताए ।

उनले भने 'यो खेल नेपालका लागी नयाँ हो , यस खेलका लागी प्रशिक्षक समेत तयार गरि देशका बिभिन्न जिल्लाहरुमा खेलाडी तयार गरिन्छ '। उक्त खेलको बिकास बिस्तारका लागी स्थानीय स्थरबाट पहल गर्नु पर्ने उद्घाटन समारोहमा बोल्ने अधिकाशं बक्ताहरुले जोड दिए । नेपाल भलिबल संघका जिल्ला अध्यक्ष शिक्षा प्रेमी जोशीले बझाङ जस्तो दुर्गम ठाँउमा केन्दिय कार्यालय र केन्दिय अध्यक्ष भएकाले बिश्व कै गौरवपूर्ण खेलका रुपमा चिनिएको क्योकुशिन खेल थपिनु भनेको एकदमै स्वागत योग्य भएको बताए ।
 
सन १९२३ जुलाईमा जापानका  खेलाडी सोईडमाउत्सी ओयमटेन्डनले यस खेलको सुरु गरि अहिले बिश्वका धेरै देशहरुमा यसको नेटबर्क बिस्तार भएको समेत अध्यक्ष रोकायाले बताए । नेपालमा यस खेलको सम्बन्धन १९१८ मार्चमा लिएर अहिले सुरु भएको रोकायाले बताए । अध्यक्ष रोकायाले भने 'सन २०२० मा हुने ओलम्पीक खेलमा पनि क्योकुशिन खेलको सहभागिता रहने छ' ।

कार्यलयको औपचारिक उद्घाटन समारोहमा बोल्दै जयपृथ्बी नगरपालिकाका प्रमुख बिरेन्द्र खड्काले बझाङ जिल्लामा खेलाडीहरुका लागी उपयुक्त बातावरण अझै बनि नसकेको बताए । उनले खेलाडीहरुका लागी मूख्य रुपमा खेलमैदानको अभाब भएको बताउदै अगामी दिनमा खेलमैदान निर्माणका लागी सबैले लाग्नु पर्ने बताए । प्रमुख खड्काले सुबिधा सम्पन्न खेल मैदानका लागी नगरपालिकाले समेत बजेट बिनियोजन गर्ने आश्वासन दिए । खेल मैदानको अभाबमा खेलाडीहरुले घरको छत, बिमानस्थल लगायतका ठाँउमा खेल खेलाउनु परेको खेलाडीहरुको गुनासो छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ