माओवादीले मोदीको हत्या गर्ने षडयन्त्र गरेको भारतीय गृहमन्त्री राजनाथ सिंहको खुलासा
राजनाथले भने - प्रधानमन्त्री मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
525
Shares
जम्मु, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन् । प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्तो बताएका हुन् ।
“हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट रतीय कम्युनिष्ट पार्टी (माओवादी)सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ । उनीहरुले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ ।
गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गरे । विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उनको भनाई छ । पिटिआई