arrow

नुवाकोट गोल्डकपको उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस भिड्ने

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
nike-football.ashx.jpg.jpeg

त्रिशूली, नुवाकोट । यहाँ जारी ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् ।

बट्टार क्याम्पस खेल मैदानमा शुक्रवार आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावदारका रुपमा सोचेर खेल रणनीति तयार पारिरहेको बताए । उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताए । “फाइनल गेम जित्ने सम्भावना ५०-५० प्रतिशत हो”, थापाले भने, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।”

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने बताए । “फाइनलमा दुवै टिमको ५०-५० प्रतिशत नै सम्भावना हो । मैदानमा जसले बढी अवसर सिर्जना गर्न सक्छ, उसैले उपाधि उचाल्छ”, केसीले भने ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बुद्धि प्रधानले पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापनमा धेरै कमजोरी रहे पनि आगामी दिनमा सुधारिने बताए ।

शनिबार हुने फाइनलमा उपाधि जित्नेले  पाँच लाख तथा उपविजेताले  तीन लाख पुरस्कार पाउनेछन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ